वि.सं.: २०८२, पुस २ बुधबार
इ.स.: 2025 December 17,WEDNESDAY
वि.सं.: २०८२, पुस २ बुधबार
बोतलमा कालो अखाद्य पदार्थ भेटिएपछि बरुण वेभरेजलाई २ लाख जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज बरुण वेभरेजलाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ । कालीमाटीमा विक्री हुँदै गरेको स्लाइसको वोतलमा कालो लेदो देखिएपछि उपभोक्ताको गुनासो गरेका थिए ।
उपभोक्ताबाट प्राप्त सूचनाका आधारमा कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं खाद्य निरीक्षक डा. अवधेश झाको नेतृत्वमा अनुगमन टोली वेभरेजको कार्यालय पेप्सीकोला पुगेको थियो ।
त्यहाँका अधिकारीहरुसँग बन्द स्लाइसको बोतलमा भेटिएको कालो पदार्थ देखाएर यसको गुण र अवस्थाका विषयमा प्रश्न गर्दा जवाफ पाउन नसकेपछि जरिवाना गरिएको हो । यससँगै टोलीले पेय पदार्थलाई प्याकेजिङ् गरिसकेपछि पनि रसायनिक र भौतिक गुणस्तर परीक्षण गर्न, यस लटमा उत्पादन भइसकेको पेय पदार्थ फिर्ता ल्याउनलगायत निर्देशन दिएको छ ।
समितिसँग विक्रीका लागि बजारमा पठाइएको म्याद गुज्रिएको वियर सम्बन्धी गुनासो प्राप्त भएको छ । टोलीले यस सम्बन्धी अध्ययन गरिरहेको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App