वि.सं.: २०८२, पुस २ बुधबार
इ.स.: 2025 December 17,WEDNESDAY
वि.सं.: २०८२, पुस २ बुधबार
उपभोक्ताले भेट्टाए म्याद सकिएका बियर : वितरकलाई २ लाख रुपैयाँ जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले म्याद गुज्रिएका बियर वितरण गर्ने भीम स्टोरलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । वडा नं. २६ ठमेलमा रहेको गामबेँसी दोहोरी साँझमा पुगेका उपभोक्ताले कार्लबक्स वियरमा स्वाद नभएको पाएपछि मिति हेरेका थिए । कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं खाद्य निरीक्षक डा. अवधेश झाका अनुसार उपभोक्ताले म्याद सकिएको बियर खरिद गरेर, अवस्थाका विषयमा जानकारी गराएका थिए ।
उपभोक्ताले गुनासो महानगरमा आइपुग्यो । महानगरको अनुगमन टोली दोहोरी साँझमा पुग्यो । दोहोरी साँझ सञ्चालकका सञ्चालकले वियर पठाउने वितरक न्यू भीम स्टोरमा पुर्याए । स्टोरबाट सामान सप्लाइ हुने जोशी सप्लायर्स हुँदै टोली त्यहाँ पुगेको थियो ।
आइतबार अनुगमन टोलीले स्टोरको अनुगमन गर्यो । स्टोरको तल्लो तलामा अनुगमन गर्दा म्याद सकिएका सामान थिएनन । अनुगमन टोलीले सोधेको प्रश्नमा अक्मकिएका थिए । टोलीले अर्को स्टोर देखाउन भन्यो । उनले अर्को ठाउँमा नभएको बताए । टोली फर्कियो तर निगरानी गरिरह्यो । सोमबार उनको घरको माथिल्लो तलामा स्टोर भएको पत्ता लगाएर अनुगमन टोलीले त्यस ठाउँमा भएका सामान हेर्यो । यहाँ म्याद गुज्रिएका वियरहरु थिए । अनुगमनमा भएका क्रियाकलापका विषयमा जानकारी दिँदै डा. झाले भन्नुभयो, ‘झुटो विवरण दिएको । म्याद सकिएका वियरलाई म्याद भएका वियरसँग मिसाएर विक्री गरेको पाइए पछि २ लाख रुपैयाँ जरिवाना गरेका हौँ ।’
अहिले स्टोरका सञ्चालक मानन्धरले, आफ्नो माथिल्लो स्टोरमा म्याद सकिएका ३४ केस सानमिगलका क्यान बियरसहित टुवोर्ग र गोरखा वियर रहेको स्वीकार गरेका छन् । उनले भनेका छन्, म्याद सकिएका बियर फिर्ता लैजान ७ महिनादेखि कम्पनीलाई भनिरहेको छु । तर फिर्ता लगेको छैन । उनले भनेका छन्, अब उप्रान्त म म्याद नहेरी सामान बजारमा पठाउँदिन ।
यस विषयलाई अनुगमन टोलीले कसरी निगरानी गर्छ? प्रश्नको उत्तरमा निरीक्षण अधिकृत झा भन्नुहुन्छ, ‘जरिवाना तिराएर हाम्रो दायित्व सकिएको छैन । वितरकले भनेअनुसार कम्पनीले ७ महिनादेखि किन सामान फिर्ता लगेन? यो विषयलाई टुङ्गोमा पुर्याउँछौँ ।’
गामबेँसी दोहोरीका सञ्चालक सञ्जय श्रेष्ठले, यसपछि मिति हेरेर मात्र सामान विक्री गर्ने, स्टोरका सञ्चालक मानन्धरले, मिति गुज्रिएका सामान बजारमा नपठाउने प्रतिवद्धता गर्नुभएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App