वि.सं.: २०८२, कात्तिक १० सोमबार
इ.स.: 2025 October 27,MONDAY
वि.सं.: २०८२, कात्तिक १० सोमबार
वडाध्यक्ष महर्जनका २ वटा म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनको शव्दमा आफैँ मोडलिङ् गर्नुभएका २ वटा म्युजिक भिडियो सार्वजनिक गरिएको छ । आज बागबजारमा रहेको सिटीम्याक्स सिनेमा हलमा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, नेपाली भाषाको ‘यो मनमा त्यो मन’ बोलको र नेपाल भाषाको ‘छंगु नुगलय्’ बोलको भिडियो सार्वजनिक गर्नुभएको हो ।
भिडियो सार्वजनिक गर्दै उपप्रमुख डंगोलले भन्नुभयो, ‘महर्जनलाई हेर्दा सँधै गम्भीर मुद्रामा भएको महसुृस हुन्थ्यो । आज भिडियो हेरेपछि थाहा भयो, उहाँ जति गम्भीर हुनुहुन्छ । त्यत्तिकै रोमान्टिक पनि हुनुहुँदो रहेछ ।’ त्यस क्रममा महानगरपालिकाका निवर्तमान प्रमुख विद्यासुन्दर शाक्यले, गीत संगीत सामाजिक रुपान्तरणको सशक्त माध्यम रहेको बताउँदै रुपान्तरणका लागि गीतको प्रयोग प्रजातन्त्रले दिएको उपलब्धी भएको बताउनुभयो ।
राजनीतिबाट फुर्सद निकालेर साहित्य लेखनका लागि समय मिलाउने गरेको छु । कार्यक्रममा महर्जनले भन्नुभयो, ‘साहित्यको गहिराइ मलाई मीठो लाग्छ । यसै क्रममा लेखिएका शव्दमा संगीत भरेर भिडियो बनाइएको हो ।’
दुवै भिडियोमा महर्जन आफैँले मोडलिङ् गर्नुभएको छ । उहाँसँग भिडियोमा रति महर्जनको अभिनय छ । नेपाल भाषाको गीतमा सरस्वती मानन्धर र राजेन्द्र शाक्यको स्वर रहेको छ । नेपाली गीतमा राजेन्द्र शाक्यको स्वर छ । यस गीतमा महर्जनसँग रति र सुरज नापितसँग आराध्यलक्ष्मी खड्गीलाई जोडीका रुपमा प्रस्तुत गरिएको छ । दुवै गीतका शव्दमा दिप तुलाधरले संगीत दिनुभएको छ ।
नेपाली गीतको भिडियाका निर्देशक रवि सायमी र नेपाल भाषाको गीतमा बनाइएको भिडियोका निर्देशक रवि सायमी हुनुहुन्छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App