वि.सं.: २०८२, कात्तिक १७ सोमबार
इ.स.: 2025 November 3,MONDAY
वि.सं.: २०८२, कात्तिक १७ सोमबार
वडास्तरीय कर अनुगमन सुरु : बहालमा झुटो विवरण फेला
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका वडाहरुले वडास्तरीय राजस्व अनुगमन गरेर लगत संकलन कार्य थालेका छन् । सम्पत्ति, वहाल र व्यवसाय कर बुझाउनु पर्ने दायित्व भएका करदाताहरुमध्ये अग्रिम कर बुझाउनेप्रति आभार प्रकट गर्न, छुट सुविधाका विषयमा जानकारी दिन, कर नियमित तिर्नका लागि प्रोत्साहन गर्न र दायरामा नआएका करदाताहरुको विवरण संकलन गर्नका लागि स्थलगत अनुगमन थालिएको हो ।
अनगुमनका क्रममा अनलाइन माध्यमबाट कर तिर्न प्रोत्साहन गरिनेछ । भदौ ३ गतेको प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णयबाट राजस्व विभागले वडाहरुलाई पत्र पठाउँदै अनुगमन टोली सम्बन्धी व्यवस्था, टोलीले गर्नु पर्ने कामका विषयमा जानकारी गराएको छ । यसबमोजिम वडाहरुले वडा सदस्यको नेतृत्वमा ३ सदस्यीय अनुगमन टोली गठन गरेका छन् । टोलीमा कर्मचारी १ जना र स्थानीयमध्ये एक जना सदस्य हुनुहुन्छ ।
टोलीले सचेतनाका साथै कर तिर्नका लागि वडामा आउन वा अनलाइनबाट तिर्न मौखिक अनुरोध गर्नेछ । मौखिक अनुरोधको अटेर गर्नेलाई वडा सचिवमार्फत पत्राचार हुनेछ । स्थलगत अवस्थाको विवरण संकलन गर्नेछ । संकलित विवरण कम्प्युटरमा भरेर तथ्याङ्क तयार पार्नेछ । यसको विवरण राजस्व विभागमा पठाउनेछ ।
वडा १३ को पहिलो दिन संयुक्त टोली
वडा नं. १३ कालीमाटीले आजदेखि अनुगमन थालेको छ । पहिलो दिन ताहाचल क्षेत्रको अनुगमन भयो । त्यस क्षेत्रमा गोदाम धेरै छन् । अधिकांश गोदाम दर्ता छैनन् । वडा सदस्य रामबाबु कोइरालाले भन्नुभयो, ‘७ तले घरले ७ हजार बहाल सम्झौता देखाएका छन् । जवकि हरेक भूमिगत तला र जमिन तला व्यवसायिक प्रयोजनमा देखिन्छन् । त्यसमाथिका तला वहालमा लगाइएको छ । एउटै तलामा ७ वटाभन्दा धेरै कोठा छन् । हरेक कोठाको ७ हजारभन्दा धेरै वहाल उठाउने गरिएको छ । यसरी करदाताले झुटो विवरण दिएपछि अनुगमन थालिएको हो ।’
अर्का वडा सदस्य रुपेश महर्जन भन्नुहुन्छ, ‘प्लाष्टिकका ठूला ठूला गोदामलाई करको दायरामा ल्याउन सकिने अवस्था देखिँदैन । यस्ता गोदाम आगलागीका दृष्टिले उच्च जोखिममा छन् ।’
ताहाचलबाहेक अन्य ठाउँमा खाद्यान्न, औषधि, तरकारी, फलफुल, लत्ताकपडाका ठूला ठूला गोदाम घर छन् ।
वडाले अनुगमनका लागि टोली गठन गरेर क्षेत्र छुट्याएको छ । मैया देउलाको संयोजकत्वमा रहेको टोलीमा नग्मा महर्जन (कर्मचारी) र अमृत थापा क्षेत्री (स्थानीय) सदस्य हुनुहुन्छ । यस्तै रजनी महर्जनको संयोजकत्वमा रहेको टोलीमा रोमिन रञ्जित (कर्मचारी) र शशिकर थापा (स्थानीय) सदस्य हुनुहुन्छ । रुपेश महर्जनको संयोजकत्वमा गठित समितिमा सुजनकुमार झा (कर्मचारी) र मिलन महर्जन (स्थानीय) सदस्य हुनुहुन्छ ।
उहाँहरुलाई पुस मसान्तसम्मको दिनको कम्तीमा ४ घण्टा अनुगमन गर्ने गरी जिम्मेवारी दिइएको छ । उहाँहरुलाई राजस्व ऐन २०७५ र महानगरपालिकाले जारी गरेका आर्थिक ऐनहरु, ज्येष्ठ १ गते बसेको कार्यपालिकाले गरेको निर्णय र राजस्व विभागले विभिन्न मितिमा गरेका परिपत्र अनुगमन टोलीका जिम्मेवारी, दायित्व र सीमा हुन् ।
कालीमाटी, रविभवन, सोल्टीमोड, कलंकी, ताहाचल, कुलेश्वर वडा १३ मा पर्छन् । वडामा ९ हजार १२२ व्यवसायीले नियमित रुपमा कर व्यवसाय कर तिर्ने गरेका छन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App