वि.सं.: २०८२, पुस १४ सोमबार
इ.स.: 2025 December 29,MONDAY
वि.सं.: २०८२, पुस १४ सोमबार
सिपमूलक तालिम, काठमाडौँ महानगरपालिकाको प्रशंसनीय कार्यक्रम हो - अर्थ वाणिज्य क्षेत्रका प्रतिनिधि
काठमाडौँ । युवाहरुलाई निःशुल्क सिपमूलक तालिम दिन काठमाडौँ महानगरपालिकाले अगाडि सारेको कार्यक्रम प्रशंसनीय रहेको अर्थ तथा वाणिज्य क्षेत्रसँग सम्बन्धित संघसंस्थाहरुका पदाधिकारीले प्रतिक्रिया दिनुभएको छ । चालु आर्थिक वर्षबाट कार्यान्वयनमा आएको ‘रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि’ कार्यक्रम सञ्चालनका लागि सरोकारवाला निकाय, संघ संस्थाका पदाधिकारी तथा रोजगारदाताहरुबाट सुझाव लिन आयोजना गरिएको अन्तरक्रियात्मक बैठकमा उहाँहरुबाट यस्तो प्रतिक्रिया आएको हो ।
बैठकमा उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), फेडेरेसन अफ नेप्लिज इण्डष्ट्री (सीएनआई), नेपाल उद्योग परिसंघ, (कन्फेडेरेसन अफ नेप्लिज इन्डष्ट्रीज, सीएनआइ), च्याम्बर अफ कमर्स काठमाडौँ जस्ता उद्योग वाणिज्य क्षेत्रसँग सम्बन्धित संघ महासंघ, काठमाडौँ विश्वविद्यालयसहित शैक्षिक प्रतिष्ठान, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) लगायत तालिम प्रदायकसहित उद्यमीहरुलाई बैठकमा बोलाइएको थियो ।
बैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, महानगर गौरव योजना ‘रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि’ बाट युवाहरुलाई रोजगारमूलक तालिम दिने, यसरी तालिम पाएका व्यक्तिहरुलाई स्वर्णिम योजना ‘श्रम वैङ्क’ मा आवद्ध गराएर रोजगारदातालाई आवश्यक परेका जनशक्ति प्राप्त गर्न सक्ने अवस्था निर्माण गर्न लागिएको बताउनुभयो ।
काठमाडौँमा एक परिवारले एक बर्षमा ८ सय रुपैयाँको तरकारी उत्पादन ग¥यो भने एक बर्षमा काठमाडौँबाट २४ करोड रुपैयाँको उत्पादन प्राप्त हुन्छ । अधिकारीले भन्नुभयो, ‘यसका लागि सिप चाहिन्छ । सिप सिकेर व्यक्तिले आफ्ना लागि आवश्यक पर्ने काम गर्न सक्यो भने मात्र पनि ठूलो लाभ हुन्छ ।’
तालिमका लक्षित समूहको प्रश्नको उत्तरमा सामाजिक विकास समितिका संयोजक रामकुमार के. सी. ले भन्नुभयो, ‘स्वभावैले स्थानीयबासी, करदाता प्राथमिकतामा रहन्छन् । यसो भन्नुको अर्थ अरुलाई तालिम नदिने भन्ने होइन । नेपाली नागरिकता प्राप्त व्यक्तिले तालिमका लागि आवेदन दिन सक्छन् ।’
महानगरपालिकामा बसोबास गरिरहेका (स्थायी, अस्थायी बसोबासी तथा करदाता समेत) व्यक्ति, फोहोर व्यवस्थापन हुँदै आएको ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा हाम्रा प्राथमिक लक्षित वर्ग हुन् । प्रमुखको सचिवालय सदस्य सुदिप ढकालले भन्नुभयो, ‘राजधानी सहर हुनुको नाताले अन्य पालिकामा जस्तो साँधुरो सीमा हुँदैन । हामी प्राथमिकता निर्धारण गरेर सबैलाई अवसर प्रदान गर्नेछौँ ।’
कार्यक्रमका फोकल पर्सन शान्ता पहाडीका अनुसार, बजारको आवश्यकता, माग र सम्भावना हेरेर सिप बिकास तालिम दिनु कार्यक्रमका क्रियाकलाप हुन् । उद्यमशीलता विकास तालिमले रोजगारीका अवसर सिर्जना गर्नु कार्यक्रम सञ्चालनको उद्देश्य हो । यस वर्ष १५ हजार व्यक्तिलाई निःशुल्क सिपमूलक तालिम प्रदान गर्ने र ५ हजार जनालाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ ।
महानगरपालिकाले स्थानीय उत्पादन र बजारमा जोड दिनुपर्ने, उद्योग सञ्चालनका लागि आवश्यक वातावरणमा सघाउ गर्नु पर्ने, साना तथा मध्यम इलम सञ्चालनको मापदण्ड बनाएर सबैलाई सानाठूला उद्यम चल्न चलाउन दिने वातावरण बनाउन आग्रह गर्नुभयो ।
तालिम लिएकाहरुलाई रोजगारमा आवद्ध गराउने, निश्चित सर्त पूरा गर्नेलाई तालिम उपलब्ध गराउने, तालिम अघि आवश्यकताको अध्ययन गर्नुपर्छ । तालिमका समयमा प्रभावकारी सिकाइको र तालिम पश्चात् उत्पादनमा प्रयोग भए नभएको हेर्नुपर्छ । अनि मात्र नतिजा निकाल्न सकिन्छ । अन्तरक्रियाबाट सुझाव प्राप्त भएको थियो । उद्योगको माग हामी भन्छौँ । त्यसअनुसारका जनशक्ति उत्पादन भए भने युवाहरु बेरोजगार बस्नु पर्दैन । उहाँहरुको प्रतिवद्धता थियो ।
महानगरपालिकाको सामाजिक विकास विभागअन्तर्गत कार्यान्वयन हुने सिमूलक तालिम कार्यक्रममा सहभागी हुन असोज २२ गते सार्वजनिक सूचना प्रकाशन गरिएको थियो ।
यस सूचनाका आधारमा युवाहरुबाट आवेदन प्राप्त भइरहेको छ ।
वडा कार्यालयहरुले वडा क्षेत्रमा रहेका बेरोजगार, युवा (महिला, पुरुष), रोजगारी गुमाएर बसेकाहरु, विदेशवाट सिप सिकेर तथा काम गरेर फर्केका (अहिले काम खोज्दै गरेका) पहिचान गरेर फाराम भराउन सहजीकरण गरिरहेका छन् । सिप नजानेका र सिपको स्तरोन्नति गर्नुपर्ने व्यक्ति पनि यसका लक्षित वर्ग हुन् । यस्ता वर्गलाई फाराम भराएर वडाबाट प्रमाणित गरेर सामाजिक विकास विभागमा पठाउन सकिनेछ । यसरी पठाइएका फारामहरु अनलाइन दर्ता गरेर कार्यान्वयनमा ल्याइनेछ ।
तालिम लिन इच्छुक व्यक्तिले आफ्नो नाम थर, शैक्षिक योग्यता, हाल सम्लग्न पेशा, तालिम लिएको भए विवरण, अनुभव कुन क्षेत्रमा छ, काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि वा कर्मचारीको परिवार हो कि होइन, ल्याण्डफिल साइट प्रभावित क्षेत्रको बासिन्दा हो कि होइन, महानगरपालिकामा स्थायी बसोबास गर्नुहुन्छ कि हुन्न, महिलाहरुका हकमा एकल हो कि होइन, जस्ता विवरण भर्नुपर्छ ।
शारीरिक अपाङ्गता छ भने कस्तो खालको अवस्था हो जस्ता विवरण, फारामबाट माग गरिएका छन् । फाराममा ३३ वटा तालिमका विधा तालिकामा दिइएको छ । फाराम भर्नेले यी बिधामध्ये आफूलाई रुचि लागेको क्षेत्रलाई १ त्यसपछिको रुचिको क्षेत्रलाई क्रमशः २, ३, ४ र ५ नम्बर दिनुपर्नेछ ।
तालिमका विधाहरु
१) प्रोफेसनल कम्प्युटर हार्डवेयर नेटवर्किङ् तथा सीसीटिभी क्यामरा जडान तथा मर्मत तालिम
२) सफ्टवेयर डिभलपमेन्ट तालिम
३) प्रोफेसनल इलेक्ट्रिसियन एण्ड प्लम्बिङ् तालिम
४) सिलाइ कटाइ तथा फेसन डिजाइनिङ् तालिम
५) कन्स्ट्रक्सन लेवर तथा मिस्त्री तालिम
६) व्युटी पार्लर तथा सैलुन तालिम
७) मोटरसाइकल रिपेयर मेन्टिनेन्स तालिम
८) लाइट भेहिकल मेन्टिनेन्स तालिम
९) कार्पेन्टर तथा इन्टेरियर डिजाइनिङ् तालिम
१०) हस्तकला तथा मूर्तिकला तालिम
११) आकाशे पानी संकलन तथा रिजर्व वोरिङ् तालिम
१२) सरसफाइ तथा माली तालिम
१३) कौसी खेती (भर्टिकल फार्मिङ्) तालिम
१४) हेभी इक्वीपमेन्ट अपरेटर (ब्लाक व्हो, लोडर, एक्साभेटर) तालिम
१५) फास्टफुड÷चाइनिज र इन्डियन कुक तालिम
१६) बारिस्ता ÷ बेकरी तालिम
१७) बार ट्रेण्डिङ्÷वेटर÷वेट्रिस तालिम
१८) होम एप्लाइन्सेस मर्मत तालिम
१९) अनलाइन रोजगार (जब) तालिम
२०) सम्पदा निर्माण तथा मर्मत तालिम
२१) प्रोसेसनल अकान्टिङ् तालिम
२२) रिसेप्सनिष्ट तथा क्यासियर तालिम
२३) मार्केटिङ् तथा डिजिटल मार्केटिङ् तालिम
२४) ग्राफिक्स डिजाइन भिडियोग्राफी तथा भिडियो इडिटिङ्
२५) एल्मुनियम, युपीभीसी, फेब्रिकेसन तालिम
२६) टुटिस्ट गाइड तालिम
२७) सेक्युरिटी गार्ड तालिम
२८) स्पा तथा थेरापी तालिम
२९) लघु उद्यम विकास सहजकर्ता तालिम
३०) जुत्ता बनाउने तालिम
३१) सहकारी व्यवस्थापक तालिम
३२) गरगहना बनाउने तालिम
३३) विभिन्न खेलकुदका लागि
३४) अन्य तालिमका लागि
तालिममा भाग लिन चाहनेहरुले वडा कार्यालयमा सम्पर्क गरेर वा अनलाइन फारामबाट आवेदन दिन सकिने विभागले जनाएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App