वि.सं.: २०८२, कात्तिक १६ आइतबार
इ.स.: 2025 November 2,SUNDAY
वि.सं.: २०८२, कात्तिक १६ आइतबार
स्वदेशी फूलको प्रवर्धन गर्न महानगरपालिकाका ४ स्थानमा विक्री स्थल व्यवस्थापन : किसानलाई विक्री स्थल पुग्न नगर प्रहरी बलको गाडी
काठमाडौँ । महानगर प्रहरी बलको सवारी साधनमा राखेर विभिन्न ठाउँमा रहेका किसानलाई सामनसहित तोकिएको विक्री स्थलमा पुर्याइँदैछ । तिहार लक्षित फूल र माला लिएर बेच्न आएका किसानहरु नयाँ सडकसहित सहरका विभिन्न ठाउँमा पुगेका थिए । उनीहरुलाई विक्री स्थल थाहा नभएकोले सवारी साधनमा राखेर विक्री स्थलमा पुग्न सहयोग गरिएको हो । सवारी साधनमा फूल राख्न तथा झार्नका लागि नगर प्रहरी बलका जनशक्तिले सघाएका छन् । यस क्रममा नयाँ सडकमा बसेर फूल बेच्ने व्यापारीलाई भृकुटीमण्डप सारिएको छ । यसबाट नयाँ सडक क्षेत्रको सवारी आवागमन खुकुलो भएको छ ।
‘काठमाडौँ महानगरपालिका, नेपाल फ्लोरिकल्चर एसोसिएसन र नेपाल चेम्बर अफ कमर्सको संयुक्त प्रयासमा विक्री स्थलबाट मात्र फूल बेच्ने प्रबन्ध मिलाइएको हो । प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु भ्याली कोल्ड स्टोरको प्राङ्गणमा फूल बेच्ने ठाउँको प्रबन्ध मिलाइएको छ ।’ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) भन्नुहुन्छ, ‘हामीले नेपाली फूल उत्पादकलाई फूल बेच्न अवरोध गर्दैनौँ । नेपालमा आर्थिक मन्दी भइरहेका बेला नेपाली किसानले उत्पादन गरेको सयपत्री फूल किन्दा नेपाली पैसा विदेश जान रोकिनेछ ।’
किसानलाई स्वदेशी उत्पादन विक्रीका लागि तोकिएको स्थानमा ल्याउन आग्रह गर्दै प्रमुख शाहले, उपभोक्तालाई महानगरपालिकाले व्यवस्थापन गरेको स्थानमा आएर स्वदेशी फूल र माला खरिद गर्न अनुरोध गर्नुभएको छ ।’
तोकिएका स्थानमा नेपाली फूलहरू मात्रै विक्री गरिनेछ । यसका लागि महानगरपालिका, नेपाल फ्लोरिकल्चर एशोसिएसन र चेम्बर अफ कमर्शको संयुक्त टोलीले अनुगमन गर्नेछ ।




निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App