वि.सं.: २०८२, माघ १९ सोमबार
इ.स.: 2026 February 2,MONDAY
वि.सं.: २०८२, माघ १९ सोमबार
उपप्रमुख अष्ट्रेलिया प्रस्थान : मंसिर १७ गते फर्किने कार्यक्रम
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल आज अष्ट्रेलिया प्रस्थान गर्नुभएको छ । अष्ट्रेलिया सरकारको वैदेशिक मामिला मन्त्रालयको निमन्त्रणामा उहाँ सिंगापुर एअरलाइन्सको विमानबाट प्रस्थान गर्नुभएको हो । भ्रमणका लागि उहाँलाई गएको बैशाख १८ गते निमन्त्रणा प्राप्त भएको हो ।
भ्रमणका क्रममा अष्ट्रेलियाका विभिन्न सहरहरुमा रहेका खनिज तथा उर्जा, कृषि पर्यटन, विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय क्षेत्रहरुको अवलोकन, परम्परागत संस्कृति, सहरी विकास, नविकरणीय उर्जा उत्पादन तथा व्यवस्थापनका क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ । भ्रमणका बारेमा जानकारी दिँदै उपप्रमुख डंगोलले भन्नुभयो, ‘सिडनी, क्यानवेरा होर्बट र मेलवर्नलगायत सहरका सहरी तथा शासन व्यवस्थापनसँग सम्बन्धित पदाधिकारीहरुसँग भेटघाटका कार्यक्रम पनि छन् । यस अवसरमा अष्ट्रेलियामा रहेका नेपालीहरुसँग अन्तरक्रिया गर्ने, संसद भवनको अवलोकन गर्ने कार्यक्रम पनि छ ।’
भ्रमण सकेर उपप्रमुख मंसिर १७ गते स्वदेश फर्कनु हुनेछ ।
२०८० साउन ३२ गते बसेको काठमाडौँ महानगरपालिकाको २१ औँ नगर कार्यपालिका बैठकले उपप्रमुखको भ्रमण स्वीकृत गरेको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्तिक २३ गतेको मन्त्री स्तरीय निर्णयबाट भ्रमण स्वीकृत भएको छ ।
भ्रमण अवधिको खर्च अष्ट्रेलिया सरकारको वैदेशिक मामिला मन्त्रालयले गर्नेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App