वि.सं.: २०८२, कात्तिक १६ आइतबार
इ.स.: 2025 November 2,SUNDAY
वि.सं.: २०८२, कात्तिक १६ आइतबार
२९ महानगर दिवसको मूल समारोह सैनिक मञ्चमा हुने — प्रमुख शाह
काठमाडौँ । यस बर्ष महानगर दिवसको मूल समारोह सैनिक मञ्च टुँडिखेलमा हुने भएको छ । हिजो (मंसिर २२) बसेको नगर कार्यपालिकाको २५ औँ बैठकमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले यस सम्बन्धी जानकारी दिनुभएको हो । ‘गएका बर्षहरुमा दिवसकाको मूल समारोह आयोजना गर्ने गरिएको ठाउँ बसन्तपुरमा यस बर्ष सवारी प्रवेधमा निषेध गरेका छौँ । ठूलो स्पिकर राखेर गरिने कार्यक्रन रोकेका छौँ । यो निषेध अरुका लागि मात्र होइन । महानगरपालिका आफैँका लागि पनि हो । यसकारण यस बर्षको कार्यक्रम सैनिक मञ्चमा गर्न लागेका हौँ ।’ प्रमुख शाहले स्पष्ट पार्नुभयो ।
नगरपालिकाको कार्यक्रम सैनिक मञ्चमा हुन लागेको यो पहिलो पटक हो ।
बैठकमा महानगर दिवस मूल समारोह समितिकी संयोजक एवं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, नागरिक र वडा तहबाट कार्यक्रममा सहभागी हुन आव्हान गर्नुभएको छ । ‘हामीले सम्मान गर्ने बाजा गुरु तथा टोलहरुबाट सांस्कृतिक झाँकी प्रस्तुत गर्नु हुनेछ ।’ उहाँले मूल समारोह समितिबाट गरिएको निर्णयका बारेमा जानकारी गराउँदै भन्नुभयो, ‘मंसिर २७ गते बाँसुरी वादन प्रतियोगिता, २८ गते गुरु सम्मानको कार्यक्रम तय भइसकेको छ । यसका लागि प्रशासनिक काम थालिएका छन् । समितिमा रहनु नरहनु प्राविधिक विषय हो । कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गराउन सबै जनप्रतिनिधि, कर्मचारी र जनस्तरबाट सहयोगको अपेक्षा गरेका छौँ ।’
कार्यपालिका बैठक हुनु अगाडि मूल समारोह समितिको बैठक बसेको थियो । बैठकमा उपसमितिका संयोजकहरुले तयारीका विषयमा जानकारी गराउनुभएको थियो ।
हिजोको कार्यपालिका बैठकका लागि ७ वटा प्रस्ताव थिए । जसमा विधायन समितिका २ वटा, प्रमुख प्रशासकीय अधिकृतबाट १ वटा, पूर्वाधार समितिबाट एउटा, राजस्व समितिबाट एउटा र सुशासन समितिबाट २ वटा प्रस्ताव पेश भएका थिए । यी प्रस्तावहरु क्रमशः मचाराजा महर्जन, बसन्त अधिकारी, राजेशकुमार श्रेष्ठ, नमराज पराजुली र ख्यामराज तिवारीले पेश गर्नुभएको थियो ।
बैठकले विद्यालयको सम्पत्ति व्यवस्थापन र संरक्षण सम्बन्धी कार्यविधि २०८०, पार्क संरक्षण, सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८०, ग्रीन एम्बुलेन्स तथा सञ्चालन कार्यविधि २०८० र स्वयम्भू व्यवस्थापन कार्यविधि २०८० तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । अहिले स्वयम्भू व्यवस्थापन महासमितिले शुल्क उठाउने काम गरिरहेको छ । महासमितिको लेखापरीक्षण कसरी भएको छ? शुल्क कुन अधिकार प्रयोग गरेर उठाइएको हो, जस्ता ६ वटा विषयमा प्रश्न सोधेर महानगरपालिकाले पत्र पठाएको, बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी गराउनुभएको थियो । बैठकले सामाजिक संघ संस्थाहरुमा वडा नं. ११ मा पर्ने नेपाल आँखा अस्पताल, वडा नं. ६ मा पर्ने शेर्पा सेवा केन्द्र, वडा नं. १४ मा पर्ने इस्लामिक संघ, वडा नं. १५ मा पर्ने आनन्द विहार र वडा नं. ८ मा पर्ने अन्धोपन निवारण संघलाई सम्पत्ति कर छुट दिने निर्णय गरेको छ । बैठकमा नेपाल रेडक्रस सोसाइटीको सम्पत्ति कर छुटका लागि प्रस्ताव आएको थियो । यस विषयमा छलफल गर्दै वडा नं. १३ बाट शिफारिस आएपछि निर्णय प्रक्रियामा लगिने गरी टुङ्ग्याइएको छ ।
यसप्रकारको छुट सुविधा गैरनाफामुलक क्रियाकलाप सञ्चालन संघसंस्थालाई प्रदान गरिन्छ । छुट प्रदान भएपछि उद्देश्य परिवर्तन गरेर कसैले नाफामूलक क्रियाकलाप सञ्चालन गर्न थाले भने छुट दिएका अवधिको समेत कर लिने कानुनी व्यवस्था छ ।
बैठकले वडा नं. ३२ न्हाकटी मन्दिर परिसर विस्तार गर्न शर्मिला श्रेष्ठ साखः र निरव शाखको नाममा रहेको जग्गा र वडा नं. १७ पुष्पलाल मार्गमा रहेको ४ आना जग्गा अभिग्रहण गरेर पार्क निर्माण गर्न जग्गा प्राप्त गरी उपयोग गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
प्रस्तावहरुमा नविन मानन्धर, ख्यामराज तिवारी, ईश्वरमान डंगोल र भुवन लामाले धारणा राख्नुभएको थियो । यसैगरी वडा नंं ११ का अध्यक्ष हीरालाल तण्डुकारले टेकु भवन निर्माण प्रगतिका विषयमा जानकारी माग गर्नुभएको थियो ।
बैठकमा सहकारी विभागका प्रमुख बलराम त्रिपाठी र सार्वजनिक निर्माण विभागका प्रमुख राम थापालाई आफू सम्बन्धित विषयमा स्पष्ट पार्न समय दिइएको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App