वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
स्थानीय सरकारसँग अधिकार नभएका काम गर्न संघ सरकारले सहयोग गर्नुपर्छ — प्रमुख शाह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले फोहोरमैला व्यवस्थापन लगायतका काममा संघ सरकारको सहयोग चाहिएको बताउनुभएको छ । आज ललितपुर महानगरपालिकाको १०५ औँ स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘बञ्चरेडाँडा (स्यानिटरी ल्याण्डफिल साइट) व्यवस्थापनका लागि सम्माननीय प्रधानमन्त्रीज्यूले चाहना भयो भने यहाँबाट अर्को कार्यक्रममा पुग्ने समय अगाडि नै समाधान गरिदिन सक्नुहुन्छ । तर, यो काम गर्न स्थानीय सरकारलाई दिएको अधिकारले पुग्दैन । हामी प्रमुख उपप्रमुखको जोडले मात्र पुग्दैन । यसमा भएका बाधा फुकाइ दिन म यहीँबाट अनुरोध गर्न चाहन्छु ।’
‘काठमाडौँ र ललितपुरका बिचमा केही भिन्नता छन् ।’ प्रमुख शाहले भन्नुभयो, ‘काठमाडौँमा नदी अतिक्रमण छ । ललितपुरमा पैदल मार्ग । एकदिन दुवै सहरलाई अतिक्रमणमुक्त बनाउनु पर्छ । कतिपय अतिक्रमण हामी आफैँले नियन्त्रण गर्न सक्छौँ । तर नदी अतिक्रमण व्यवस्थापन हामीले मात्र गर्न सक्दैनौँ । म यहीँबाट प्रधानमन्त्रीज्यूलाई फेरि अनुरोध गर्न चाहन्छु । यसमा हामीलाई सहयोग गरिदिनुप¥यो । यो प्रधानमन्त्री र गृह मन्त्रालयको इच्छा भयो भने ५ मिनेटदेखि १ घण्टामा समाधान निस्किन्छ । ललितपुरले उज्यालो कार्यक्रम सञ्चालन गर्न पायो । रातमा उज्यालो छ । काठमाडौँले मुद्दा खेप्नु प¥यो । काम हुनै पाएको छैन ।’
उहाँले सरसफाइ र सम्पदा संरक्षणको कुरा उठाउँदै भन्नुभयो, ‘ललितपुर जस्तो सफा र भक्तपुर जस्तो सम्पदा संरक्षण भएको सहर बनाउने चुनाव अगाडि देखिकै योजना हो । यसमा काम भइरहेको छ । सरसफाइमा अहिले काठमाडौँमा धेरै सुधार भएको छ । पहिले काठमाडौँ र ललितपुर छुट्टिन्थ्यो । अहिले उस्तै उस्तै देखिन थालेको छ । सुधारका लागि गर्नु पर्ने काम धेरै छन् । हामी प्रयास गरिरहेका छौँ ।’
यातायात क्षेत्र सुधारको कुरा गर्दै उहाँले संघीय राजधानी यातायात प्राधिकरणको संरचनाबाट काम थाल्दाथाल्दै प्रदेश सरकार मुद्दामा गएको बताउनुभयो । ‘हामीले यातायात क्षेत्रलाई बैज्ञानिकीकरण गर्ने योजना बनाउँदै थियौँ । सुधारका काम गर्दा प्रदेश सरकारले मुद्दा हालिदिनु भएन ।’ उहाँले अन्तरसम्बन्धका विषयमा कुरा गर्दै भन्नुभयो, पालिकाले राम्रा काम गर्दा प्रदेश र संघ सरकार खुशी हुनुपर्छ ।
काठमाडौँ उपत्यकाको एकीकृत र दिगो विकासका लागि अन्तरपालिका सम्बन्धबाट नतिजा हासिल हुनेमा विश्वस्त रहेको उहाँको भनाइ थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App