वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
मार्सल आर्ट केन्द्रमा जुडो, केन्दो र जिमन्यास्टिक प्रतियोगिता सम्पन्न
काठमाडौँ । बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र, नयाँ बजारमा आज जुडो, केन्दो र जिमन्यास्टिक प्रतियोगिताको अन्तिम चरणका खेल सम्पन्न भएका छन् । २९ औँ महानगर दिवसको अवसरमा पारेर विभिन्न उमेर समूह र तौलमा खेल खेलाइएको थियो ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वाना स्थान हासिल गर्ने विजेतालाई महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पदक र प्रमाण प्रदान गर्नुभएको थियो । त्यस क्रममा बोल्दै उहाँले भन्नुभयो, ‘पूर्ण प्रतिस्पर्धामा रहेका दुई खेलाडी, खेलपछि पूर्ववत् आत्मीय सम्बन्धमा हुन्छन् । खेल क्षेत्रको यो अनुशासन र गुण सबैले सिक्नुपर्छ । खेलमा रहेका बालबालिकाले यो गुणलाई जीवनमा अपनाउनु पर्छ ।’
खेल क्षेत्रको विकासका लागि महानगरपालिकाले नीति, योजना र कार्यक्रम तर्जुमा गरेको बताउँदै डंगोलले, यसबाट राष्ट्रिय स्तरमा खेल खेल्ने खेलाडी उत्पादन हुने अपेक्षा राखेको बताउनुभयो ।
त्यस क्रममा वडा नं. १६ का कार्यवाहक अध्यक्ष पुष्प महर्जनले भन्नुभयो, ‘जापानमा खेलाइने केन्दो खेल नेपालमा यहाँ मात्र प्रशिक्षण दिइन्छ । प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुलाई अवसर दिनका लागि प्रयास गर्नु पर्ने अवको आवश्यकता हो ।’ त्यस क्रममा सञ्चालक समितिका सदस्य लक्ष्मीरत्न तुलाधरले भन्नुभयो, ‘मार्सल आर्ट केन्द्र परीक्षण सिद्ध भइसकेको छ । यसलाई प्राथमिक कार्यक्रमका रुपमा राखेर महानगरपालिकाले खेलको विकास र खेलाडी उत्पादनमा उल्लेख्य काम गर्न सक्छ ।’
केन्द्रमा खेलाइने खेलमध्ये केन्दो नेपालमा अन्यत्र कहीँ पनि प्रशिक्षण हुँदैन । महानगरपालिकाले खेलका प्रशिक्षकलाई यातायात खर्च दिने गरेको छ । यस्तै जुडोका लागि ५ सय रुपैयाँ, केन्दोका लागि ३ सय रुपैयाँ र जिम्न्यास्टिकका लागि १ हजार रुपैयाँ प्रशिक्षण शुल्क लिने गरेको छ । अहिले यहाँ जुडो खेलमा ४५ जना, जिम्न्यास्टिकमा ३७ जना र केन्दोमा १५ जना खेलाडीले प्रशिक्षण लिइ रहेकोे केन्द्रका प्रमुख दिनेशराज शर्माले बताउनुभयो ।
यहाँबाट उत्पादन भएका खेलाडीहरु राष्ट्रिय अन्तरराष्ट्रिय प्रतिस्पर्धामा विजेता बनेका छन् । फुपु ल्हामु खत्री जुडो खेलको साफ गोल्ड मेडलिस्ट हुनुहुन्छ । त्यस्तै रमेश मगरले साफ ब्रोन्च मेडल, उमेश मगरले थाइल्याडमा सम्पन्न इन्टरनेशनल ब्रोन्च मेडल र सुमिता मगरले यमनमा सम्पन्न एशियन च्याम्पियनसिप ब्रोन्च मेडल र दीपक श्रेष्ठले साफ सिल्भर मेडल प्राप्त गर्नुभएको खेलका मुख्य प्रशिक्षक धर्मकुमार श्रेष्ठले जानकारी दिनुभयो । केन्दोतर्फ शान्ति भण्डारी, अमित चौधरी, शैलेन्द्र कार्की, कमला लामा र दिपेश डंगोलले अन्तरराष्टिय स्तरमा सम्पन्न खेलमा स्थान हासिल गर्नुभएको छ । यी खेलहरु सिंगापुर, मलेसिया, भियतनाम, कम्बोडिया, थाइल्याण्डलगायत देशमा सम्पन्न भएका थिए ।
खेलहरु विहान साढे ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने गरेको छ ।
के हो मार्सल आर्ट केन्द्र
नेपालको काठमाडौं र जापानको मात्सुमोतो नगरका बिचमा सन् १९८९ नोभेम्बर १७ तारिखका दिन भगिनी सम्बन्ध स्थापना गर्ने सहमति पत्रमा हस्ताक्षर भयो । सम्बन्ध स्थापना भएको १० औं बर्षको अवसरमा दुवै नगरकातर्फबाट लगानी गरेर महानगरको वडा १६ नयाँ बजारमा बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र निर्माण गरियो । १ करोड २२ लाख ८६ हजार लागतमा निर्माण भएको केन्द्रका लागि जापान सरकार र मात्सुमोतो नगरकातर्फबाट ६६ लाख ६६ हजार ६६३ रुपैयाँ सहयोग प्राप्त भएको थियो । २०५८ साल बैशाख १९ गते शिलान्यास भएको केन्द्र त्यसै बर्षको माघ ३ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र जापानका पूर्व प्रधानमन्त्री रियोतारो हासिमोतोले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । केन्द्र ६ रोपनी ११ आना जग्गामा फैलिएको छ ।
२०७२ सालको भूकम्पले केन्द्रमा आंशिक क्षति पुग्यो । क्षति व्यवस्थापन गर्न मात्सुमोतो नगरले १ करोड जापानी येन सहयोग ग¥यो । यसमध्ये जापानी जनताकोतर्फबाट संकलन भएको ८० लाख येन र नगरकोतर्फबाट २० लाख येन प्रदान गरिएको हो ।
मात्सुमोतो नगरले समय समयमा केन्दो खेलका लागि आवश्यक सामग्री उपलब्ध गराउँदै आएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App