नियमित विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई वाध्य नपार्न शिक्षा विभागको परिपत्र
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले नियमितबाहेक अन्य कुनै पनि पोसाक किन्न बिद्यार्थीलाई बाध्य नबनाउन विद्यालयहरुलाई आज परिपत्र गरेको छ । विभिन्न चाडपर्वका नाममा विद्यार्थीहरुलाई पोशाक किन्न बाध्य पारिएको जनाउँदै यसरी दवाव दिए महानगरपालिकाको शिक्षा ऐन २०७५ बमोजिम कारवाही गरिने परिपत्रमा उल्लेख गरिएको छ ।
‘तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोशाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिन्छ ।’ विभागका प्रमुख सीताराम कोइरालाले हस्ताक्षर गर्नुभएको परिपत्रमा उल्लेख छ ।