वि.सं.: २०८२, कात्तिक १६ आइतबार
इ.स.: 2025 November 2,SUNDAY
वि.सं.: २०८२, कात्तिक १६ आइतबार
तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु : राष्ट्रपतिबाट उद्घाटन
पुस १७, काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने ८३ वटा विद्यालयबिच विभिन्न खेलमा प्रतिस्पर्धा हुने तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । आज दशरथ रङ्गशालामा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले खेलकुद सामाजिक र सांस्कृतिक गतिविधिसँग जोडिएकोले शिक्षाको अभिन्न अङ्ग रहेको उल्लेख गर्नुभयो । ‘गरिखाने शिक्षा अहिलेको आवश्यकता हो । यसबाट व्यक्तिमा सहयोगी भावना जागृत हुन्छ । महानगरपालिकाले यसप्रकारको शिक्षामा जोड दिएको मैले महसुस गरेको छु ।’ राष्ट्रपति पौडेलको भनाइ थियो ।
कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, बालबालिकाको सवल मानसिक अवस्था र उत्साहित भावनात्मक विकासमा खेलले सकारात्मक भूमिका खेल्ने बताउनुभयो । ‘यी खेलहरु विगत बर्षमा विद्यालय परिसरमा आयोजना सीमित थिए । यस बर्ष वृहत बनाएर राष्ट्रिय खेल मैदानमा ल्याएका छौँ । यी खेलबाट अहिले नै राष्ट्रिय खेलाडी उत्पादन हुनुपर्छ भन्ने होइन । खेलबाट प्राप्त हुने उर्जाले जीवनलाई व्यवस्थापन गर्न ठूलो सहयोग पुर्याउँछ । यसका लागि पनि शिक्षा र खेललाई समान महत्व दिएर अगाडि बढाएका छौँ ।’ प्रमुख शाहको भनाइ थियो ।
‘खेलले समूहगत काम गर्ने बानी बसाउँछ । अनुशासन सिकाउँछ ।’ उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘अङ्कमा आधारित जित हारमा भन्दा खेलले व्यक्तित्व विकासमा पुर्याउने योगदानमा खेलकुदलाई महत्वलाई हेर्नु पर्ने बताउनुभयो ।’
आजबाट सुरु भएको खेलमा ३,२५० जना छात्रछात्रा खेलाडीले प्रतिस्पर्धा गर्नेछन । जसमा भलिवल खेलमा ८ सय जना, कबड्डी खेलमा ८ सय जना, तेक्वान्दो खेलमा ३ सय जना, कराँतेमा ३ सय जना, उसुमा १ सय जना, एथलेटिक्समा १ हजार २५० जना खेलाडी प्रतिस्पर्धा गर्नेछन् ।
आजैबाट रंगशालाको कभर्ड हलमा उसु, कराँते र भलिवल खेल सुरु भइसकेका छन् । खेलहरु १९ गतेसम्म चल्नेछन् ।
भोलि विहान ७ बजेदेखि १२ बजेसम्म रंगशालामा एथलेटिक्स हुने शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिनुभयो । छात्रछात्रा कबड्डी र छात्रा भलिवल खेल कन्या मन्दिर माध्यमिक विद्यालय, न्योखा, क्षेत्रपाटीमा हुनेछ । पुरुष भलिवल खेल कन्या विद्याश्रम मा. वि. डिल्लीबजारमा हुनेछ । तेक्वान्डो खेल नेपाल तेक्वान्दो प्रशिक्षणालय, सातदोवाटोमा हुनेछ ।
उद्घाटन सत्रमा नेपाल प्रहरीको व्याण्ड, महानगर प्रहरी बल र करिब ५० वटा विद्यालयका विद्यार्थीहरुले मार्चपास गरेका थिए । उद्घाटन समारोहमा शिक्षक, विद्यार्थीसहित करिब १५ हजार व्यक्तिको उपस्थिति रहेको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App