वि.सं.: २०८३, असोज ३ शनिबार
इ.स.: 2026 September 19,SATURDAY
वि.सं.: २०८३, असोज ३ शनिबार
बल्खु खोलामा फोहोरको पत्र : खोँचको फोहोर निकाल्न पानीको प्रेसर दिइयो
पुस २४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र महानगर प्रहरी बलले संयुक्त जनशक्ति परिचालन गरेर बल्खु खोलामा जम्मा भएको फोहोर निकालेका छन् । खोलाको माथिल्लो सतहमा प्लाष्टिक, घरेलु फोहोरको तह थियो । यो तह निकाल्न जेट मेसिनबाट पानीको प्रेसर दिइएको थियो । गहिरो ठाउँ भएकोले त्यस ठाउँमा पुग्न कठिन थियो । यसकारण सफाइका लागि बोटको प्रयोग गरिएको थियो ।
सरसफाइका लागि ४ वटा जेट मेसिनको प्रयोग भयो । वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले, ३० जना जनशक्तिले १ सय मिटर नदी सफाइ गर्दा १० मेट्रिक टन फोहोर संकलन भएको जानकारी दिनुभयो ।
‘नदी सफाइ’ स्वर्णिम योजनाअन्तर्गत नदी सफाइको काम भएको हो । कार्यक्रमका फोकल पर्सन सानुमैयाँ महर्जनले भन्नुभयो, ‘नदी सफाइ गर्ने र नदी सभ्यता जोगाउन स्थानीयलाई जागरुक बनाउने कार्यक्रमका क्रियाकलाप हुन् । सफाइ भएका ठाउँमा फेरि फोहोर नगर्न स्थानीयमा सचेतनाका कार्यक्रम चल्नेछन् ।’
तस्विर : कृष्ण कट्टेल
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App