वि.सं.: २०८२, कात्तिक १६ आइतबार
इ.स.: 2025 November 2,SUNDAY
वि.सं.: २०८२, कात्तिक १६ आइतबार
७८.५, ‘संस्थागत स्वमूल्याङ्कन’ मा काठमाडौँ महानगरपालिकाको अङ्क
माघ १, २०८० ।
काठमाडौँ । ‘संस्थागत स्वमूल्याङ्कन’ मा आर्थिक बर्ष २०७९/०८० मा काठमाडौँ महानगरपालिकाले ७८.५ अङ्क प्राप्त गरेको छ । पुस २९ गते बसेको नगर कार्यपालिका बैठकमा प्रशासन विभागका प्रमुख दिपक अधिकारीले स्वमूल्याङ्कन सूचक, सूचकहरुको पूर्णाङ्क र प्राप्त अङ्क सम्बन्धी विवरण पेश गर्नुभएको थियो । यो प्राप्ताङ्कलाई बैठकले अनुमोदन गरेको हो ।
आर्थिक बर्ष २०७७/०७८ मा ६०.७५ अङ्क प्राप्त गरेकोमा यो अवस्था झरेर आर्थिक बर्ष २०७८/०७९ मा ५७.२५ मा पुगेको थियो । विगतको अवस्थामा सुधार गर्दै गएको बर्ष (२०७९/०८०) मा ७८.५ अङ्क प्राप्त गरेको हो ।
०७७ सालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि’ अनुसार समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थिति गरी ३ तहका सूचकका आधारमा स्वमूल्याङ्कन हुन्छ । यी सूचकहरुमा क्रमशः २१, ३४ र ४५ प्रतिशत अङ्क भार राखिएको छ । यसलाई १० वटा विषय क्षेत्रमा बर्गीकरण गरिएको छ ।
यी सूचकमध्ये ९ पूर्णाङ्कको शासकीय प्रबन्धमा महानगरपालिकाले ८ अङ्क प्राप्त गरेको छ । यस्तै ८ पूर्णाङ्कको संगठन तथा प्रशासनमा ५.७५, ११ अङ्कको बार्षिक बजेट तथा योजना व्यवस्थापन ७.५, ११ अङ्कको वित्तीय एवम आर्थिक व्यवस्थापन, १० अङ्कको सामाजिक समावेशीकरणमा ८ प्राप्त गरेको छ । १६ अङ्कको सेवा प्रवाहमा १२.५, ७ अङ्कको न्यायिक कार्य सम्पादनमा ६ र १३ अङ्कको भौतिक पूर्वाधारमा ९.७५ अङ्क पाएको छ । ९ अङ्कको वातावरण संरक्षण तथा विपद व्यवस्थापन ५.५, ६ अङ्कको समन्वय सहकार्यमा ६ अङ्क प्राप्त गरेको छ ।
आर्थिक बर्ष २०७८/०७९ मा ५७.२५ अङ्क प्राप्त गर्दा ९ अङ्कको शासकीय प्रबन्धमा ७ अङ्क, ८ अङ्कको संगठन र प्रशासनमा ४ अङ्क, ११ अङ्कको वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७ अङ्क प्राप्त गरेको थियो । यस्तै ११ अङ्कको वित्तीय एवं आर्थिक व्यवस्थापनमा ९ अङ्क, १६ अङ्कको सेवा प्रवाहमा ९.७५ अङ्क, ७ अङ्कको न्यायिक कार्यमा ४ अङ्क, १३ अङ्कको भौतिक पूर्वाधारमा ४.५ अङ्क, १० अङ्कको सामाजिक समावेशीकरणमा ४.५ अङ्क, ९ अङ्कको वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ४.५ अङ्क र ६ अङ्कको सहकार्य र समन्वयमा ३ अङ्क प्राप्त गरेको थियो ।
संस्थागत सवल पक्ष थाहा पाएर सुदृढ गर्न तथा दुर्वल पक्ष थाहा पाएर सुधार गर्ने उद्देश्यले प्रणाली विकास गरिएको हो । आफैँले गरेको मूल्याङ्कनबाट आफूलाई कहाँ सच्याउनु पर्छ भन्ने ठाउँ थाहा हुन्छ ।
स्वमूल्याङ्कन प्रणालीमा स्वभाविक अङ्क मात्र दावी गरिन्छ । माथिल्ला निकायबाट गुणस्तर सुनिश्चित गर्ने प्रक्रियामा मूल्याङ्कन गर्दा अङ्क नघटोस् भन्ने मूल्याङ्कनका क्रममा ख्याल गरिन्छ ।
आ. व. २०७९/०८० को मूल्याङ्कनका लागि उपनिर्देशक गंगाधर गौत्तमको संयोजकत्वमा लिजा संयोजन समिति गठन गरिएको थियो । समितिको सदस्यहरुमा वरिष्ठ शाखा अधिकृत रामप्रसाद सापकोटा, वरिष्ठ शाखा अधिकृत प्रमोदकुमार पोखरेल, वरिष्ठ शाखा अधिकृत सोमबहादुर राना, सूचना प्रविधि अधिकृत विकास ओझा हुनुहुन्थ्यो । समितिको सदस्य सचिव तथ्याङ्क अधिकृत कृष्णराज तिवारी हुनुहुन्थ्यो ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन के हो?
यस अघिको शासन व्यवस्थामा तत्कालीन नगरपालिका र गाउँ विकास समितिको मूल्याङ्कनका लागि अनुदानमा आधारित ‘स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम’ सञ्चालन थियो ।
स्थानीय तहका कार्य प्रक्रिया र उपलब्धीका बारेमा लेखाजोखा गरी सबल र दुर्वल पक्षको पहिचान गर्न, विकास र सुशासनमा रहेका कमीकमजोरीका बारेमा जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न यस प्रकारको स्वमूल्याङ्कनको प्रबन्ध गरिएको हो । स्थानीय तहको तुलना योग्य सूचक तर्जुमा गरेर प्रतिस्पर्धात्मक सुधार हुने यसको अपेक्षा गरिएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App