वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
स्वयम्भू क्षेत्रबाट ६१ मेट्रिक टन फोहोर, सडक किनारा मंगालबाट १ हजार ६५ मेट्रिक टन माटो निकालियो
काठमाडौँ महानगरपालिकाले सहरी स्वच्छताका लागि विशेष सरसफाइका विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । वातावरण व्यवस्थापन विभागले सरसफाइका लागि जनशक्ति, साधन तथा उपकरण प्रयोग गर्ने गरेको छ । ब्रुमरले सडकको माटो संकलन गर्ने, जेट मेसिनले सडक पखाल्ने गरिन्छ । यसमा महानगर प्रहरी बलले सहयोग गर्ने गरेको छ । यससँगै स्वर्णिम योजनाअन्तर्गत नदी सफाइ र डुबान समाधान योजना सञ्चालनमा छन् ।
स्वयम्भू क्षेत्रको विशेष सफाइ
स्वयम्भू परिक्रमा मार्ग, सिढीँ, जङ्गल र स्तुप क्षेत्रको सरसफाइबाट ६१ मेट्रिक टन फोहोर संकलन गरियो । मंसिर २१ गतेदेखि सफाइ थालिएको थियो ।
सफाइका क्रममा प्लाष्टिक, कपडा, बोतल, शिशा, रुखका पात संकलन भयो । यसका लागि दैनिक १ सय जना जनशक्ति खटाइएको थियो ।
परिक्रमा मार्गमा भगवान पाउ, किमडोल, बुद्ध पार्क, मसिंगालगायत ठाउँ छन् । स्तुप जानका लागि भगवान पाउबाट उक्लने सिढीँ छन् । यससँगै किमडोल र बुद्धपार्कबाट माथि जान सकिन्छ । सफाइका क्रममा मानिसहरुको आवातजावत हुने स्थानहरुलाई विशेष प्राथमिकतामा राखिएको थियो ।
मंगाल र सडक किनाराबाट माटो
सतहको पानी निकासका लागि सडक किनारामा बनाइएका ढल, मंगाल र नाली सफा गर्दा १ हजार ६४ मेट्रिक टन माटो निकालिएको छ । चालु आर्थिक बर्षबाट कार्यान्वयनमा आएको महानगर स्वर्णिम योजनाअन्तर्गत ‘डुवान समस्या समाधान’ कार्यक्रम कार्यान्वयन गर्दै विपद व्यवस्थापन विभागले भदौ १० गतेदेखि दैनिक ७ जना जनशक्ति परिचालन गरेर ढल, साइड ड्रेन,, नाला सफाइ गरिरहेको छ । यस क्रममा पुस मसान्तभित्र ७४४ जना जनशक्ति परिचालन भइसकेका छन् ।
विपद व्यवस्थापन महाशाखाका प्रमुख एवं डुवान समस्या समाधान कार्यक्रमका फोकल पर्सन विष्णुप्रसाद जोशीका अनुसार, यस अवधिमा १ हजार ७ सय भन्दा धेरै मंगाल खोलेर सफाइ गरिएको छ । यीमध्ये करिब ५ सय मंगाल निर्माण भएपछि एक पटक पनि खोलिएका थिएनन ।
अहिलेसम्ममा वडा ३२ को पेप्सीकोला आवास क्षेत्र र जडीवुटी, वडा नं. ३१ को मीनभवन पुलदेखि कोटेश्वर, कोटेश्वरदेखि बालकुमारी, बालकुमारीदेखि मनोहरा करिडोरको झोलुङ्गे पुलसम्म सफाइ गरिसकिएको छ । यसै गरी वडा नं. ३ को कान्ति बाल अस्पताल आसपास, वडा नं. ११ को ट्रली बस स्टप लाइन (त्रिपरेश्वर), वडा नं. २८ र ११ जोडिएको भृकुटीमण्डप, वडा नं. १ दरबार मार्ग सफाइ गरिसकिएको छ । वडा नं. १४ को कुलेश्वर बल्खु क्षेत्र, वडा नं. १३ को सोल्टीमोडदेखि कालीमाटी पुलसम्म सफाइ भइसकेको छ । वडा नं. १४ को कलंकी चोकदेखि नयाँ बसपार्कतर्फको सडक खण्डमा काम भएको छ ।
तस्विर : विनय शाक्य
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App