वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
कटन क्यान्डी (मिठाइ) मा अखाद्य रङ्ग भेटियो, बजार अनुगमनलाई सशक्त बनाउन उपप्रमुख डंगोलको निर्देशन
काठमाडौँ । काठमाडौंँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, बालबालिकाका लागि खानेकुरा किन्दा गुणस्तर हेरेर मात्र किन्न आग्रह गर्नुभएको छ । बालबालिकालाई लक्षित खुला रुपमा बेचिने कटन क्यान्डी (मिठाइ) महानगरपालिकाको वडा नं. ७ चावहिल चोकबाट नमूना संकलन गरेर महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले पुस २९ गते राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षणका पठाएको थियो । यसरी पठाइएको नमूनामा ‘रोडामीन बी’ नामक अखाद्य रङ्ग मिसाइएको प्रतिवेदन प्राप्त भएपछि उपप्रमुख डंगोलले, बजार अनुगमन टोलीलाई यस्ता बस्तु बेचिने ठाउँहरुमा तत्काल अनुगमन गर्न निर्देशन दिँदै अभिभावकहरुलाई खानेकुरा किन्दा गुणस्तर हेरेर मात्र किन्न आग्रह गर्नुभएको हो ।
‘सबैले खानेकुरा गुणस्तरीय हुनुपर्छ । बालबालिकाहरुका सन्दर्भमा उनीहरुलाई के खाने, कस्तो खाने, कति खाने थाहा हुँदैन । हेर्दा आकर्षक देखिने खानेकुरामा लोभिन्छन् । त्यसैले बालबालिकाका खानेकुराको गुणस्तरमा अभिभावकले ध्यान दिनुपर्छ ।’ उपप्रमुख डंगोलले भन्नुभयो, ‘अखाद्य बस्तुको बेचबिखनसहित अनुचित व्यापारिक क्रियाकलाप हुन नदिन महानगरपालिका चनाखो छ । सशक्त भएर काम गर्नेछ ।’
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालका प्रमुख श्रीराम न्यौपानेका अनुसार यो रङ्ग भएका क्यान्डी खाँदा तत्कालै पनि समस्या देखिन सक्छन् । यसका दीर्घकालीन असर पनि छन् । उहाँ थप्दै भन्नुहुन्छ, ‘टाउको दुख्ने, उल्टी हुने तत्कालका समस्या हुन् । कलेजोमा असर गर्ने र क्यान्सरसम्म बनाउन सक्ने यसका दीर्घकालीन असर हुन् ।’
आज नै महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले सूचना जारी गर्दै गुणस्तर नभएका खानेकुरा बेचबिखन गरेको पाइएमा बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा ३० ले दिएको अधिकार प्रयोग गरेर ५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना गराउने भएकोले यस्ता क्रियाकलाप नगर्न सचेत गराएको छ ।
खानेकुरा किन्दा उत्पादन मिति, उपभोग्य मिति, अधिकतम मूल्य, खाद्य अनुज्ञा अनुमति पत्र सम्बन्धी जानकारी भएको लेवल हेरेर मात्र खरिद गर्न महानगरपालिकाले उपभोक्तालाई आग्रह गरेको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App