वि.सं.: २०८२, पुस ४ शुक्रबार
इ.स.: 2025 December 19, FRIDAY
वि.सं.: २०८२, पुस ४ शुक्रबार
राजस्व संकलन सहकार्य, मापदण्ड तर्जुमा गर्न समिति गठन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राजस्व संकलन सहकार्य मापदण्ड तर्जुमा गर्न समिति गठन गरेको छ । सोमबार उपप्रमुख एवं राजस्व परामर्श समितिका संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले राजस्व समितिका संयोजक एवं वडा नं. ३२ का अध्यक्ष नवराज पराजुलीको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा वडा नं. १४ का अध्यक्ष सुमन श्रेष्ठ, कार्यपालिका सदस्य मीना सिंह प्रजापती, उद्योग वाणिज्य महासंघका प्रतिनिधि कृष्णप्रसाद दुलाल, घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधि सीता कार्की र सदस्य सचिवमा राजस्व विभागका प्रमुख ध्रुव काफ्ले हुनुहुन्छ ।
समितिलाई चैत मसान्तसम्मको अवधि दिइएको छ ।
‘उपत्यकाका, पालिकाहरुका बिचमा केही राजस्व शीर्षकहरुको दर समान बनाउन सक्ने सम्भावना छ । यस्तै विषयगत तथा वस्तुगत व्यापार संघसँगको सहकार्यमा राजस्व संकलन गर्न सकिन्छ ।’ संयोजक डंगोलले भन्नुभयो, ‘कर प्रणालीलाई बैज्ञानिक बनाउन मापदण्ड बनाउन लागिएको हो ।’
करका विविध सवालहरुमध्ये बहाल कर र सम्पत्ति कर आधारका लागि अभिलेख तथा तथ्याङ्कका विषयमा कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भन्नुभयो, ‘भवन नक्सा स्वीकृति प्रणाली अनलाइनमा आवद्ध भइसकेको छ । प्रणालीमा भएका भवनहरुका विषयमा सूचना थाहा हुन्छ । यसबाट विगतका व्यहोरेका समस्या समाधान हुँदै जान्छन् ।’
बैठकले वडाहरुबाट उत्पादन तथा संकलन भएको सुख्खा फोहोरको न्युनतम ठेक्का अङ्क स्वीकृत गरेको छ । स्रोतमा र ट्रान्सफर स्टेशनमा वर्गीकरण भएको सुख्खा फोहोर विक्रीका लागि आय ठेक्का कार्यविधिबमोजिम न्यूनतम अङ्क तोकिएको हो । यसको विक्री प्रक्रिया अगाडि बढाउन वातावरण व्यवस्थापन विभागमा पठाउने समितिले निर्णय गरेको हो ।
महानगरपालिकाको आर्थिक ऐनको दफा १८ बमोजिम २९ प्रकारका सुख्खा फोहोरको दर तोकिएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App