वि.सं.: २०८२, कात्तिक १७ सोमबार
इ.स.: 2025 November 3,MONDAY
वि.सं.: २०८२, कात्तिक १७ सोमबार
९० बर्षदेखि हराएका धार्मिक, सांस्कृतिक र सामाजिक संरचना पुनरुत्थान गर्दै वडा नं. ८
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ८ ले शताव्दीअघि हराएका धार्मिक, सांस्कृतिक तथा सामाजिक संरचना पुनरुत्थान गरिरहेको छ । यस क्रममा नवाली टोल ताम्रेश्वर मन्दिर नजिक सडक निर्माणबाट पाताल भएको इनार उत्खनन र
पुनरुत्थान भइरहेको छ । यः पुखु पुनरुत्थान भइरहेको छ । वडाध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत भन्नुहुन्छ, ‘सामाजिक परम्परा, पुराना तस्विर, पाका मानिसहरुको स्मृति, लिखित प्रमाणजस्ता विभिन्न स्रोतका आधारमा पुनरुत्थान थालेका हौँ । प्राचीन महत्वका यस्ता संरचना पुनरुत्थान गरेर मात्र काठमाडौँ सांस्कृतिक सहर हुन्छ ।’ उहाँले थप्दै भन्नुभयो, ‘नासिएका, हराएका, मेटिएका मौलिक सम्पत्ति जोगाएर मेरो भनेर गर्व सक्ने अवस्था बनाउने दृढता लिएर काम गरिरहेका छौँ ।’
अभियानको पहिलो चरणमा पशुपति क्षेत्रको बाहिरी भागमा भएका यस्ता संरचनाको खोजी भइरहेको छ । यसपछि क्रमशः पशुपतिको भित्री भागबाट हराएका संस्कृति र संरचना खोज्दै जानेछौँ । उहाँले योजना सुनाउनुभयो ।
वडाले नवाली टोलमा सार्वजनिक जग्गामा बनेको घर भत्काइसकेको छ । करिब २ आना क्षेत्रफलमा बनेको घर १ तलाको थियो । घर भत्काउनु अघि कसैको हकदावी भए प्रमाण लिएर आउन २४ घण्टे सूचना दिइएको थियो । त्यस घरमा बस्ने एक जना वृद्धाको मृत्यु भएपछि त्यसको हकदावी गर्न कोही आएनन् । यसपछि महानगर प्रहरी बल परिचालन गरेर अनधिकृत संरचना भत्काइएको हो ।
तस्विर : सुजन तिमिल्सिना
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App