वि.सं.: २०८२, कात्तिक ११ मंगलबार
इ.स.: 2025 October 28,TUESDAY
वि.सं.: २०८२, कात्तिक ११ मंगलबार
गएको ५ महिनामा नदी क्षेत्रबाट २ हजार २४८ मेट्रिक टन फोहोर संकलन
काठमाडौँ । ‘नदी सफाइ’ स्वर्णिम योजनाअन्तर्गत काठमाडौँ महानगरपालिकाले गएको ५ महिना (कार्तिक, मंसिर, पुस, माघ र फागुन) मा नदी किनार र जलवहाव क्षेत्रबाट २ हजार २४८ मेट्रिक टन फोहोर निकालेको छ । यसका लागि ७ हजार ६९४ जना जनशक्ति परिचालन गरिएको छ । सहरी स्वच्छता र सफाइका लागि महानगरपालिकाले लिएको नीति कार्यान्वयन गर्ने क्रममा
मानवीय स्रोतको प्रयोग गर्नु पर्ने ठाउँमा जनशक्ति परिचालन गरिएको हो । वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार, आवश्यकताका आधारमा एक्साभेटरसहित उपकरण प्रयोग गरिएको थियो ।
महिनागत रुपमा हेर्दा कार्तिकदेखि फागुनसम्म क्रमशः १ हजार ४ सय, ३ हजार ७३१, १ हजार १२६, ७२५ र ७१२ जना जनशक्ति परिचालन भएका छन् । यी जनशक्ति श्रम बैङ्कबाट लिइएका हुन् । योजनाका फोकल पर्सन एवं महानगरपालिकाका उपनिर्देशक सानुमैया महर्जनका अनुसार यी महिनाहरुमा क्रमशः ८४६, ८४६, २७१, १४४, १७१ र १४१ मेट्रिक टन फोहोर निकालेर व्यवस्थापन गरिएको छ ।
योजना कार्यान्वयन गर्ने क्रममा असोज ३० गतेदेखि नदी किनाराको सरसफाइ थालिएको हो । फागुन २० गतेदेखि नदीभित्र प्रवेश गरेर फोहोर निकाल्न थालिएको हो ।
गएको मंसिर १ गतेदेखि सहरी सरसफाइका लागि थप गरिएका ३ सय जना जनशक्तिले पनि काम गरिरहेका छन् । उनीहरुलाई नदी किनारा, सडक, पार्क र सार्वजनिक स्थलको सफाइमा खटाउने गरिएको छ ।
सफाइका क्रममा सबैभन्दा धेरै पाइने फोहोर प्लाष्टिक रहेको छ । यसपछि कपडा छन् । घाट क्षेत्रमा काठ, दाउरा, कोइला, कपडादेखि अन्य विभिन्न प्रकारका फोहोर भेटिने गरेको छ ।
रुद्रमती नदी (धोवीखोला) सफाइ सुरु
आज रुद्रमती र वागमती नदी दोभानबाट रुद्रमतीको शिरतर्फ सफाइ सुरु भएको छ । श्रम बैङ्कबाट लिइएका ५५ जना जनशक्तिलाई ४ समूह बनाएर नदीभित्रको सफाइ थालिएको हो ।
सफाइ गर्ने कार्यक्रम सञ्चालन भएसँगै नदीमा फोहोर नफाल्न आसपास क्षेत्रमा प्रचारात्मक कार्यक्रम पनि गर्नु पर्ने अवस्था छ । सफाइमा सहभागी हुनुभएका वडा नं. ११ का अध्यक्ष एवं महानगरपालिकाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकार भन्नुहुन्छ, ‘नबुझेर फोहोर फाल्नेको संख्या कम छ । बुझेर फोहोर फाल्नेमाथि बिशेष निगरानी रहनेछ ।’
सहरी स्वच्छताका लागि मानवीय आचरण सुधारको काम अवको प्राथमिकतामा पर्नु पर्छ । वडा नं. १० का सदस्य सतिश तण्डुकार भन्नुहुन्छ, ‘सफाइमा प्राप्त गरेको उपलब्धी जोगाउन प्रयत्न चाहिएको छ ।’
सरसफाइका लागि महानगरपालिकाले थालेका विभिन्न तहका कार्यक्रमहरुको संयोजनबाट अनुकरणीय नतिजा देखिन थालेका छन् । सहरी योजना आयोगका सदस्य सरस्वती मानन्धर भन्नुहुन्छ, ‘स्रोतमा फोहोर वर्गीकरण गर्ने अभियान सफल बन्दै गएको छ । यसबाट नदी सफाइमा पनि सहयोग पुग्नेछ ।’
सफाइ हरेक दिन विहान ७ बजेदेखि अपरान्ह २ बजेसम्म हुनेछ ।
काठमाडौँका नदी
काठमाडौँमा मुख्य ९ वटा नदी छन् । यीमध्ये बागमती नदीको पहिलेदेखि सफाइ भइरहेकोले महानगरपालिकाले यो नदी सफाइ गर्ने योजना बनाएको छैन । यसबाहेकका ८ वटा नदीको सफाइलाई नियमित सञ्चालन गरिनेछ ।
यी ८ वटा नदीहरु, विष्णुमती, रुद्रमती (धोवीखोला), मनोहरा, इच्छुमती (टुकुचा), बल्खु खोला, सामाखुशी, कर्खुशी (वाफल) र भचाखुशी (स्वयम्भू, शोभाभगवती) हुन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App