Logo

तालिमको नतिजालाई ज्ञान, सिप र प्रवृत्ति रुपान्तरणमा मूल्याङ्कन गर्नू — प्रमुख प्रशासकीय अधिकृत, परियार 

तालिमको नतिजालाई ज्ञान, सिप र प्रवृत्ति रुपान्तरणमा मूल्याङ्कन गर्नू — प्रमुख प्रशासकीय अधिकृत, परियार 

काठमाडौँ । कार्यालयले प्रदान गरेको तालिमको नतिजालाई ज्ञान, सिप र प्रवृत्तिमा आएको रुपान्तरणबाट मूल्याङ्कन गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले आग्रह गर्नुभएको छ । आजदेखि नगर प्रहरी जवानका लागि सुरु गरिएको आधारभूत तालिमको शुभारम्भ गर्दै उहाँले, प्रशासन विभाग र महानगर प्रहरी बलका अधिकारीलाई तालिमको मूल्याङ्कन र यसका सूचक प्रयोगका बारेमा आग्रह गर्नुभएको हो । 
 
‘महानगरपालिकालाई आम नागरिकले हेर्ने दृष्टिकोण फिल्डमा भएका कर्मचारीको व्यक्तित्व, आचरण र व्यवहारबाट निर्माण हुन्छ । यसकारण, महानगरपालिकाको छवि, फिल्डमा खटिने नगर प्रहरीको काँधमा पनि छ ।’ उहाँले भन्नुभयो, ‘नागरिकसँग गर्ने संवाद, सहरी व्यवस्थापन, सहरी सुन्दरता वृद्धि, वातावरणीय सुधारजस्ता जनसम्पर्कका काम गर्दा हरेक पाइलामा सचेत र जिम्मेवार भएर काम गर्नुपर्छ । तालिमबाट यसप्रकारको ज्ञान र व्यवहार परिवर्तन सिप प्रदान गरिनेछ ।’ 
 
प्रशासन विभागका प्रमुख दीपक अधिकारीकाअनुसार करार सेवामा नगर प्रहरी जवान नियुक्तिका लागि गएको असार, (२०८०) २० गते सार्वजनिक सूचना प्रकाशन गरिएको थियो । रक्षा मन्त्रालय र गृह मन्त्रालयअन्तर्गत सैन्य पद र प्रहरी जवान पदको अन्तिम नतिजामा उत्तीर्ण भएका तर मुख्य उम्मेदवारको सूचीमा नपरेका योग्यता क्रममा रहेका उम्मेदवारलाई करार सेवामा लिइएको हो । यस समूहमा ४४ जना छन् । 
 
आवेदक माग गर्दा निवेदनसहित प्रवेश पत्रको प्रतिलिपि पनि मागिएको थियो । 
 
नगर प्रहरीलाई शारीरिक र सैद्धान्तिक गरी २ प्रकारका तालिम दिइन्छ । यस अघि शारीरिक तालिम प्रदान गरिसकिएको छ । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेकाअनुसार सैद्धान्तिक तालिम १० दिनको हुनेछ । हरेक दिन बिहान ७ बजेदेखि १० बजेसम्म कक्षा हुनेछन् । यसपछि नियमित ड््युटीमा खटाइनेछ । 
 
तालिममा स्थानीय सरकारमा नगर प्रहरीको भूमिका, काम कर्तव्य र अधिकार, सहरी व्यवस्थापन तथा निर्णय कार्यान्वयनका कानुनी, प्रशासनिक तथा प्राविधिक पक्षलगायत विषयमा आधारभूत ज्ञान दिइनेछ । तालिममा स्थानीय सरकारमा नगर प्रहरीको भूमिका, काम कर्तव्य र अधिकार, सहरी व्यवस्थापन तथा निर्णय कार्यान्वयनका कानुनी, प्रशासनिक तथा प्राविधिक पक्षलगायत विषयमा आधारभूत ज्ञान दिइनेछ । १० दिनको तालिम सकिएपछि परीक्षा लिइनेछ । यसपछि प्रमाण पत्र प्रदान गरिनेछ । 
 
 
 
 

 

  • प्रकाशित मिति: सोमबार १९ चैत २०८० ०९:५९