वि.सं.: २०८२, मंसिर २८ आइतबार
इ.स.: 2025 December 14,SUNDAY
वि.सं.: २०८२, मंसिर २८ आइतबार
पूर्वाधार निर्माण गर्दा अन्य संरचना र सेवामा क्षति हुन दिनु हुँदैन - प्रमुख प्रशासकीय अधिकृत, परियार
काठमाडौँ । सडकमा पूर्वाधार निर्माण तथा सुधारको काम गर्दा अन्य संरचनामा पुग्न सक्ने क्षति र यसैकारण सेवा अवरुद्ध हुन सक्ने अवस्थाप्रति निर्माण पक्षले सचेतना चाहिएको काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बताउनुभएको छ । बुधबार साँझ वडा नं. २५ नघलदेखि भेडासिंहसम्मको सडक खण्डमा ढल निकासका लागि भइरहेको निर्माण प्रक्रियाको अनुगमनका क्रममा उहाँले यस्तो बताउनुभएको हो । योजना कार्यान्वयन हुँदा आउने गुनासोहरुलाई उदाहरण दिँदै उहाँले भन्नुभयो, ढल निकासको काम गर्दा खानेपानीको पाइप वा यस्तै अन्य कुनै सुविधाका पाइप, तारको सञ्जाल क्षति पुग्ने गरेको छ । यहाँ पनि यस्तै समस्या देखियो । अनुगमनमा सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यसहित अधिकारीहरु हुनुहुन्थ्यो ।
अनुगमनका लागि उहाँ भेडासिंह चोकमा पुग्दा भूमिगत ढलको काम भइरहेको थियो । चोकमा केही स्थानीयबासी भेला भएर खानेपानीको कुन पाइपबाट पानी आउँछ, खोज्दै हुनुहुन्थ्यो । यसको खोजी गर्न निर्माण पक्षले सघाइरहेको थियो । एकै
ठाउँबाट सबै सुविधा संरचना बनाउँदा एउटा बनाउँदा अर्को विग्रिन्छ । यसले भइरहेको सुविधा पनि कट्छ । स्थानीयले गुनासो गर्नुभयो ।
अनुगमनका क्रममा परियारले, जनशक्ति बढाएर काम छिटो सम्पन्न गर्न, जनशक्तिलाई हेल्मेट, पञ्जाजस्ता पेशागत सुरक्षाका साधन तथा उपकरण प्रदान गर्न र ढलबाट खानेपानीको पाइप छुट्टै राख्नसमेत निर्देशन दिनुभयो ।
यो सडक खण्ड पाँचह्रे र सेतो मच्छिन्द्रनाथको सथ यात्रा हुने भएकोले, अहिलेका सडकलाई सम्याइएको छ । यो निर्माण कार्यका बारेमा जानकारी दिँदै वडा २५ का अध्यक्ष राजेश डंगोलले भन्नुभयो, जात्रा सकिएपछि निर्माणको गुणस्तरका लागि सबै प्रक्रिया पूरा गरेर काम सम्पन्न गरिनेछ ।
नघल भेडासिंह सडकको ३३९ मिटर खण्डमा वडाले २४ इञ्च डाइमिटरको ढल राख्ने योजना कार्यान्वयन गरेको हो । इञ्जिनियर रजला बज्राचार्यकाअनुसार १ करोड ९ लाख रुपैयाँ लागत अनुमान रहेको योजनाको खरिद प्रक्रियाबाट ८६ लाख रुपैयाँमा कबोल गर्ने केपी कन्ट्रक्सन उद्योग छनोट भएकोले यही उद्योगले काम गरिरहेको छ ।
काम गर्न चैत ४ गते सम्झौता गरिएको थियो । चैत ५ गते कार्यादेश दिइयो । सम्झौतामा निर्माण पक्षले २ महिना १५ दिनभित्र कार्य सम्पन्न गरिसक्नु पर्ने सर्त छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App