वि.सं.: २०८२, पुस २ बुधबार
इ.स.: 2025 December 17,WEDNESDAY
वि.सं.: २०८२, पुस २ बुधबार
नागपोखरीको सफाइ गरेर ‘सम्युवा’ नगर स्वयमसेवकले मनाए नयाँ बर्ष
काठमाडौँ । नयाँ बर्षको पहिलो दिन ‘सम्युवा’ नगर स्वयमसेवकहरुले वडा नं. १ मा रहेको नागपोखरीको सरसफाइ गरेका छन् । सफाइका लागि भेला भएका स्वयमसेवकहरु भेला भएपछि ‘प्रकृति र संस्कृति’को अन्तरसम्बन्धको बारे विचार विमर्श गरे । त्यसपछि सरसफाइ गर्न थालेका थिए ।
स्वयमसेवकहरुलाई ४ दिनको तालिम दिइसकिएको छ । अब हरेक शनिबार सम्पदा डबली कार्यक्रम अन्तर्गत स्थानीय समुदाय र विभिन्न संघसंस्थाहरुसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गरिनेछ । पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधानले पहिलो शनिवारको कार्यक्रममा ५० जना सहभागी भएर सरसफाइ गरेको जानकारी दिनुभयो ।
सरसफाइका क्रममा फोहोरलाई जैविक र अजैविक गरी २ भागमा छुट््याएर संकलन गरेका थिए । प्राप्त फोहोरमा सबैभन्दा कुहिने फोहोर (रुखका पात, भक्तले उत्पादन गरेका प्रसाद, फूल) थियो । त्यसपछि कागज (कार्टुन वक्स, सामान पोको पारेर ल्याएका पत्रिकाहरु), प्लाष्टिकजन्य फोहोर (पोलिथिन झोला, दूधका प्याकेट, मिनरल वाटरका बोटल, काम नलाग्ने झिलझिले प्लाष्टिक), धातु (क्यानका बोतलहरु), कपडाहरु थिए । यस्तै पान परागका खोलहरु थुपै्र भेटियो । यसरी संकलन गरिएको फोहोरको मात्रा
करिब ५ सय किलोग्राम थियो । हेर्दा सामान्य लागे पनि यो कार्यक्रमको प्रभाव ठूलो छ । कार्यक्रमका बारेमा वातावरणविद् भूषण तुलाधरले, यस्ता सामुहिक कामले युवाहरुमा प्रकृति र संस्कृतिबिचको अन्तरसम्बन्ध र सहअस्तित्वका बारेमा गहिरो चाख बढ्ने बताउँदै यसबाट दिगो वातावरणीय सुधारका लागि सहयोग हुने धारणा राख्नुभयो ।
सरसफाइमा जनप्रतिनिधि, कर्मचारी, नक्साल बक्सिङ क्लबका पदाधिकारी, पुरातत्व विभागका प्रतिनिधि, छिमेकी वडा नं ५ का वडा सदस्यसहित जीवन्त हाँडीगाउँ अभियानका अभियन्तासहित सहभागी हुनुभएको थियो ।
स्वयमसेवकहरुले एक हप्ताभित्र पाहाँचह्रे जात्रा र बत्सलेश्वरी जात्राको अभिलेखनका लागि तथ्याङ्क संकलन गरेका छन् । यसपछि हाँडीगाउँमा गहना खोज्ने जात्रा र सेतो मछिन्द्रनाथको जात्राको तयारीमा लागेका छन् । प्रधानका अनुसार जात्रापछि विद्यार्थीहरुलाई सम्पदा र संस्कृतिको बारेमा जानकारी दिन विद्यालयहरुमा खटाइनेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App