वि.सं.: २०८२, कात्तिक १७ सोमबार
इ.स.: 2025 November 3,MONDAY
वि.सं.: २०८२, कात्तिक १७ सोमबार
निर्माण तथा परामर्श सेवाका लागि काठमाडौँ महानगरपालिका र नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडबिच समझदारी
काठमाडौँ । पूर्वाधार निर्माण तथा परामर्श सेवाका लागि काठमाडौँ महानगरपालिकाले नेपाल पूर्वाधार निर्माण कम्पनी
लिमिटेडसँग सहमति पत्रमा हस्ताक्षर गरेको छ । काठमाडौँ प्लाजामा आज भएको सहमतिमा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र कम्पनीका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र के. सी. ले हस्ताक्षर गर्नुभएको हो ।
महानगरपालिकाभित्रको पूर्वाधार निर्माण तथा परामर्श सेवाका लागि सार्वजनिक–सार्वजनिक साझेदारीको अवधारणा अनुरूप आपसी समन्वय र सहकार्यका गर्नु समझदारीको उद्देश्य हो । महानगरपालिकाका विभिन्न निर्माण तथा परामर्शका काम, मर्मत सम्भारका काम, आपतकालीन निर्माणका काम, सडक तथा पुलसँग सम्बन्धित निर्माण÷मर्मतका काम, नियमित मर्मत सम्भार, भवन निर्माण र पुनः निर्माणका काम सहमतिअनुसार गरिने मुख्य कार्य क्षेत्र हुन् ।
यस्ता कामको प्राथमिकता क्रम महानगरपालिकाले निर्धारण गर्नेछ । यसको कार्यप्रणाली संयुक्त रुपमा तयार पारिनेछ । यसको वित्तीय दायित्व महानगरपालिकाले वहन गर्नेछ । यसरी गरिने काममा महानगरपालिकाको श्रम बैँकबाट कम्तीमा २० प्रतिशत जनशक्ति प्रयोगमा ल्याइनेछ ।
यसअन्तर्गत गरिने कामको संयोजनका लागि महानगरपालिकाको सार्वजनिक निर्माण विभाग र कम्पनीकातर्फबाट प्राविधिक शाखाले गर्नेछ ।
सम्झौतापछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत परियारले, पूर्वाधार निर्माणका लागि नयाँ कामको थालनी भएको बताउनुभयो । नयाँ भएकोले यो सिकाइ पनि हो । सिकाइलाई पाठका रुपमा ग्रहण गरेर नतिजाका लागि काम हुनेछ । उहाँको भनाइ थियो ।
सहकार्यबाट सहरी पूर्वाधार निर्माणमा देखिने काम हुनेछन् । कम्पनीका कार्यकारी अधिकृत के. सी. को भनाइ छ ।
कम्पनी नेपाल सरकारको स्वामित्व भएको संगठन हो ।
तस्विर : विनय शाक्य
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App