वि.सं.: २०८२, कात्तिक १७ सोमबार
इ.स.: 2025 November 3,MONDAY
वि.सं.: २०८२, कात्तिक १७ सोमबार
अग्नि प्रभावित ‘इस्मा गाउँपालिका’ र ‘राजपुर गाउँपालिका’लाई काठमाडौँ महानगरपालिकाले १०/१० लाख रुपैयाँ अनुृदान सहयोग
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, दाङ् जिल्लाको ‘राजपुर गाउँपालिका’ र गुल्मी जिल्लाको ‘इस्मा गाउँपालिका’ लाई प्रति स्थानीय तह १०/१० लाख रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको महानगर विपद व्यवस्थापन समितिको वैठकले, आगलागीका कारण घर, गोठ, पशु चौपाया र धन सम्पत्तिको क्षति व्यहोरेका स्थानीयको संकटपूर्ण जीवनमा तत्काल राहत उपलब्ध गराउन, खाद्यान्न, औषधोपचार, खानेपानी अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको हो । यो रकम महानगरपालिकाको विपद व्यवस्थापन कोषबाट पठाइनेछ ।
पालिकाहरुले महानगरपालिकासँग सहयोग माग गरेका थिए ।
दाङ् जिल्लाको राजपुर गाउँपालिका वडा नं. ७ को हाटबास क्षेत्रमा वैशाख १६ गते आगलागी भएको थियो । आगलागीमा परेर २५ वटा घर र ३५ वटा गोठ जलेर नष्ट भएका छन् ।
यस्तै, वैशाख ८ र ९ गते गुल्मी जिल्लाको इस्मा गाउँपालिकाका विभिन्न स्थानमा आगलागी भएको थियो । यसबाट २८ वटा घर, ५१ वटा गोठ, १३ वटा भैँसी, ७८ वटा बाख्रासहित धन सम्पत्ति, पशु चौपायाको क्षति भएको छ ।
सहयोग रकम गाउँपालिकाहरुको प्रकोप व्यवस्थापन कोषमा पठाइनेछ ।
महानगरपालिकाले यस अघि महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
जरलहवा टोलमा वैशाख १२ गते बुधबार दिउँसो १ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीमा परेर ९१ वटा कच्ची घर र ९ वटा अर्धपक्की घर गरेर १ सय घर जलेका छन् । यसबाट ४५५ जना व्यक्ति प्रभावित भए । सोही आगलागीले ५ वटा बाख्रा, २ वटा सुँगुर जलेर नष्ट भए ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App