वि.सं.: २०८२, कात्तिक १९ बुधबार
इ.स.: 2025 November 5,WEDNESDAY
वि.सं.: २०८२, कात्तिक १९ बुधबार
तालिमका प्रशिक्षार्थीको 'सिप विकास परीक्षण' सहरी योजना आयोगले गर्ने
काठमाडौँ । टुँडिखेलमा काठमाडौँ महानगरपालिका सञ्चालन गरिरहेको 'सिप मेला'मा तालिम लिइरहेको व्यक्तिहरुले प्राप्त गरेको सिपलाई सहरी योजना आयोगले परीक्षण गर्ने भएको छ । तालिमबाट श्रम बजारमा पठाउन योग्य जनशक्ति उत्पादन सुनिश्चित गर्न आयोगले
विज्ञसहित अनुगमन गरेर प्रशिक्षार्थीहरुको सिप परीक्षण गर्न लागेको हो । ‘तालिम कार्यक्रम चलाउनका लागि होइन, यो नतिजाका लागि हुनुपर्छ । तालिम लिने व्यक्ति, आफ्नो क्षमता कागजमा होइन, व्यवहारमा देखाउन सक्ने हुनुपर्छ । यसका लागि सिप परीक्षण गर्ने योजनामा छौँ ।’ आज मेलाको अवलोकनका लागि जानु भएका सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले भन्नुभयो, ‘सिप विकास तालिमका प्रचलित सूचक र योग्यता निर्धारण विधिको प्रयोग गरेर परीक्षण गर्नेछौँ ।’
‘तालिम प्राप्त गरेका व्यक्तिहरु काम गर्न निपूर्ण हुनुपर्छ । यसका लागि प्राप्त ज्ञान र प्रयोगात्मक सिपको मापन हेर्नेछौँ । प्रशिक्षण विधि, पाठ््यक्रम, सिकाइ विधि र सिकारुहरुमा आउने परिवर्तन हेर्नेछौँ । बजारले माग गरेका जनशक्ति र तालिमबाट प्राप्त योग्यताको स्तर हेर्नेछौँ ।’
उपाध्यक्ष राजभण्डारीसहितको टोलीलाई इञ्जिनियर शैलेन्द्र झा र रोजगार संयोजक देवेन्द्र के. सी. ले, तालिमका विषय, प्रशिक्षक, प्रशिक्षार्थीहरुका विषयमा जानकारी गराउनुभएको थियो । यस क्रममा इञ्जिनियर झाले भन्नुभयो, ‘आयोगले निगरानी बढाएपछि तालिमको स्तर वृद्धि हुनेछ । योग्यता प्रमाणित गर्ने बलियो आधार प्राप्त हुनेछ ।’
उपाध्यक्ष राजभण्डारीले, प्रशिक्षकबाट प्रशिक्षण सहजता र प्रशिक्षार्थीबाट सिकेको सिप र प्राप्त ज्ञानका बारेमा जानकारी लिनुभएको थियो ।
राजभण्डारीसँग सहरी योजना आयोगका विज्ञ र सहायक विज्ञहरु जानुभएको थियो ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App