वि.सं.: २०८२, मंसिर २२ सोमबार
इ.स.: 2025 December 8,MONDAY
वि.सं.: २०८२, मंसिर २२ सोमबार
काठमाडौँ महानगरपालिका, उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलको विजेता
काठमाडौँ । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ महानगरपालिका विजेता भएको छ । गोदावरी नगरपालिका वडा नं. १० टाहाखेल वहुउद्देश्यीय रङ्गशालामा आज चन्द्रागिरी
नगरपालिकाको टीमसँग भएको फाइनल खेलमा २-१ अन्तरले महानगरपालिका विजेता भएको हो । यससँगै महानगरपालिकाले नगद ५ लाख रुपैयाँसँगै ट्रफी प्राप्त गरेको छ । यस्तै खेलाडीहरुलाई पदक र मेडल प्रदान गरिएको छ ।
खेलमा काठमाडौँ महानगरपालिकाका प्रशिक्षक सन्तोष न्यौपानेले उत्कृष्ठ प्रशिक्षक, किपर सुदीप गिरीले उत्कृष्ट किपर र एरिक विष्टले उत्कृष्ठ खेलाडी उपाधि प्राप्त गर्नुभयो । आजको खेलको म्यान अफ द म्याच महानगरका खेलाडी अखिलेश कार्कीले प्राप्त गर्नुभयो ।
प्रशिक्षक सन्तोष न्यौपानेको प्रशिक्षण, पूर्व राष्ट्रिय खेलाडी विराज महर्जनको कप्तानी र नविन चित्रकारको टीम व्यवस्थापनमा महानगरपालिकाका खेलाडीले प्रतिस्पर्धा गरेको थियो । टीममा सुदीप गिरी (किपर), असीम गुरुङ्, सरोज तामाङ्, आदिल हामिद, अनिल खड्का, एरिक विष्ट, राज पौडेल, दिपेश श्रेष्ठ, अखिलेश कार्की र राजीव लोप्चन पहिलो १२ खेलाडीका रुपमा खेल्नुभएको टीम व्यवस्थापक चित्रकारले जानकारी दिनुभयो ।
फाइनल खेलको प्रतिस्पर्धा अवलोकन गर्न महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलसहित पदाधिकारी गोदावरी पुग्नुभएको थियो । खेलमा आफ्नो टीम विजेता भएपछि महानगरपालिकाको पहिचानमा खेल विधा थपिएको प्रतिक्रिया दिनुभयो । खेलको विकासका लागि खेलाडीहरुलाई प्रोत्साह गरिने, खेलको पूर्वाधार निर्माण गरिने उहाँको भनाइ थियो ।
महानगरपालिकाले वैशाख २० गते बुढानीलकण्ठ नगरपालिकाको टीमसँग पहिलो खेल खेलेको थियो । खेलमा ४—३ अन्तरले महानगरपालिका क्वाटर फाइनल खेलमा प्रवेश ग¥यो । खेलको ९० औँ मिनेटसम्म पनि कुनै टोलीबाट गोल नभएपछि पेनाल्टीबाट निर्णय गरिएको थियो । पेनाल्टीमा सरोज तामाङ्, मनिष सेढाईँ, असिम गुरुङ् र एरिक विष्टले गोल गर्नुभएको थियो ।
क्वाटर फाइनल खेल गोदावरी वी टीमसँग खेलेको थियो । यस खेलमा २-१ अन्तरले महानगरपालिकाको टीम सेमीफाइनल चरणमा प्रवेश ग¥यो । यस खेलमा महानगरपालिकाका लागि दुवै गोल राज पौडेलले गर्नुभएको थियो ।
मध्यपुर थिमी नगरपालिकाको टीमसँग भएको सेमी फाइनल खेलमा १-० अन्तरले महानगरपालिकाको टीम फाइनल चरणमा प्रवेश गर्यो । ललितपुरको च्यासल फुटबल ग्राउण्डमा भएको खेलमा महानगरपालिकातर्फबाट जर्सी नम्बर ९ का मनिष सेढाईले गोल गर्नुभएको थियो ।
यस्तै चन्द्रागिरी नगरपालिकाले वागमती गाउँपालिका, नागार्जुन नगरपालिका र महालक्ष्मी नागार्जुन नगरपालिकाको टीमलाई पछि पार्दैै फाइनलमा प्रवेश गरेको थियो ।
प्रतियोगितामा काठमाडौँ जिल्लाबाट काठमाडौँ महानगरपालिकासहित ९ वटा स्थानीय तहबाट ९ वटा टीमले भाग लिएका थिए । यस्तै ललितपुर जिल्लाका ४ वटा स्थानीय तहबाट ललितपुर महानगरपालिकासहित ५ वटा टीम र भक्तपुर जिल्लाबाट १ स्थानीय तहबाट १ वटा टीमको सहभागिता थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App