वि.सं.: २०८२, कात्तिक १३ बिहीबार
इ.स.: 2025 October 30,THRUSDAY
वि.सं.: २०८२, कात्तिक १३ बिहीबार
पुनःप्रयोग हुने फोहोर खरिद गर्न खाली सिसि व्यवस्थापनसँग सम्झौता
काठमाडौं । काठमाडौं महानगर क्षेत्रबाट उत्पादन तथा पुनःप्रयोग हुने कवाडी सामान खरिद गर्न महानगरपालिका र खाली सिसि व्यवस्थापन प्रा. लि. बीच मंगलबार सम्झौता भएको छ । महानगरको वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठ र व्यवस्थापन प्रा. लि. का अध्यक्ष आयुषी के. सी. बीच सम्पन्न सम्झौताबमोजिम महानगरबासीले बोलाएको ठाउँमा गएर खालीसिसिले सामान खरिद गर्नुपर्नेछ । खाली सिसिसँग सम्झौता गर्नका लागि महानगरले फागुन १३ गते निर्णय गरेको थियो ।
सम्झौताअनुसार महानगरबासी बिक्री गर्न चाहेको सामानको विवरण र ठेगाना पठाएपछि ले खाली सिसि व्यवस्थापनले पहिचान झल्कने डे«स लगाएका व्यक्ति सामान खरिद गर्न पठाउनेछ । यसरी खरिद गरिएको सामान संकलन गर्ने, प्याकिङ्ग गर्ने, ढुवानी गर्ने जिम्मेवारी खाली सिसिले नै गर्नेछ । यसरी खरिद गरिने सामानको प्रकृतिअनुसार मुल्य तोकिएको छ । सम्झौताको अनुसूचीमा कागज, शिशा, प्लाष्टिक, धातु र स्टिल तथा बिद्युतीय गरी ५ प्रकृतिका पुनप्रयोगीय फोहोर खरिद गर्ने उल्लेख छ । कागज प्रकृतिका खबर कागजको प्रतिकिलो १० रुपैयाँ, किताब ७ रुपैयाँ, कापीको १२ रुपैयाँ, ए४ साइज कागजको ७ रुपैयाँ, म्यागाजिनको ७ रुपैयाँ, परीक्षा कागजको १० रुपैयाँ, कार्डबोर्डको ३ रुपैयाँ, अण्डाको क्रेटको प्रतिकिलो ३ रुपैयाँ राखिएको छ । यो मुल्य सामान खरिद गरिने स्थानका आधारमा पनि तय हुनेछ । खालीसिसिकी अध्यक्ष आयुषी भन्नुहुन्छ — लामो दुरीबाट ढुवानी गर्नुप¥यो भने मुल्य कम हुन सक्छ । यो मुल्य चलनचल्तीको बजारभाउले पनि निर्धारण गर्न सक्छ । अर्थात् केही रुपैयाँ वा पैसा तलमाथि हुनसक्छ ।
अनुसूचीमा राखिएको दोश्रो प्रकृतिको पुनप्रयोगीय फोहोरअन्तर्गत बियरको बोतलको प्रतिगोटा १ रुपैयाँ र वाइनको बोतलको मुल्य प्रति गोटा ५० पैसा राखिएको छ । त्यस्तै तेश्रो प्रकृतिको पुनप्रयोगीय फोहोरमा प्लाष्टिकजन्य बस्तुलाई राखिएको छ । यसमा स्याम्पोको भाँडा र पानीलगायत प्लाष्टिकका बोतलमा राखिएका पेय बस्तुका खोलको मुल्य प्रतिकिलो ५ रुपैयाँ राखिएको छ ।
धातुजन्य फोहोरअन्तर्गत अल्मुनियनका सामानको प्रतिकिलो ९० रुपैयाँ, सोडा र बियरका क्यानको प्रतिकिलो २५ पैसा राखिएको छ । स्टिलको फर्निचरको अवस्थाअनुसार मुल्य निर्धारण गरिने उल्लेख छ । त्यस्तै धातु, ब्रास, तामा, स्टिल र टिन मुल्य प्रतिकिलो क्रमशः २०, ३८०, ४५०, २० र ४ रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी बिद्युतीय फोहोरमा क्यामरा, कम्प्युटर र कम्प्युटरजन्य उपकरण, मोवाइल र मोबाइलजन्य उपकरण, टेलिभिजन र टेलिभिजनजन्य उपकरण तथा तारहरु राखिएको छ । यिनीहरुको मुल्य भने सामानको परिणाम र अवस्था अनुरुप निर्धारण गरिने व्यवस्थापनकी अध्यक्ष के. सी. को भनाइ छ ।
यी सामानको मुल्य हामी वडा कार्यालयमार्फत स्थानीयको सूचनामा पु¥याउँछौं, महानगरको वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठ भन्नुहुन्छ — आवश्यकता अनुसार स्थानीयमा सूचना प्रवाह गर्न राखिने डिजिटल बोर्डको दायित्व खालीसिसिले निर्वाह गर्नेछ ।
महानगरको अनुगमन र निरीक्षणमा सम्पादन हुने काम चित्त बुझ्दो नभए ३५ दिनको सूचना दिएर सम्झौता भङ्ग हुन सक्ने व्यवस्था गरिएको छ । ५ बर्षका लागि गरिएको सम्झौताअनुसार खाली सिसिले हरेक ४ महिनामा मुल्य पुनरावलोकन गरेर महानगरलाई परिवर्तित मुल्यका बारेमा जानकारी गराउनुपर्नेछ ।
यसबाट महानगरबासी फोहोरलाई श्रोतमा बर्गीकरण गर्ने बानीको बिकास हुने विभागका निमित्त प्रमुख श्रेष्ठको अपेक्षा छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App