वि.सं.: २०८२, मंसिर २२ सोमबार
इ.स.: 2025 December 8,MONDAY
वि.सं.: २०८२, मंसिर २२ सोमबार
अवकासपछि प्राप्त रकमको सही उपयोग गर्न र जीवनलाई क्रियाशील बनाउन उपप्रमुख डंगोलको सुझाव
काठमाडौँ । सेवा निवृत्त भएपछि प्राप्त भएको रकमलाई सही ठाउँमा उपयोग गर्न र जीवनलाई क्रियाशील बनाउन आग्रह गर्दै
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, अब आफ्नो खुशीका लागि समय व्यतीत गर्न सुझाव दिनुभएको छ । ‘जीवनलाई क्रियाशील बनाउन सामाजिक क्षेत्र रोज्न सक्नुहुन्छ । तीर्थाटन, भजन कीर्तनका कार्यक्रम, योगाभ्यास तपाईँलाई जे जे मन पर्छ । त्यसमा समय विताउनुहोला । सकारात्मक सोच राख्नुहोला ।’ उहाँले सुझाव दिँदै भन्नुभयो, ‘सेवापछि प्राप्त गरेको पैसा चाड पर्व मनाउनमा मात्र खर्च नगर्नुहोला । खर्च मात्र गर्ने ठाउँ हेर्नुभयो भने चाहिएको बेला पैसा नहुन सक्छ । त्यसैले सम्भव भएसम्म उत्पादन हुने ठाउँ हेर्नुहोला ।’
त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले, सेवा निवृत्त कर्मचारीले प्राप्त गरेको सिप, ज्ञान र अनुभव महानगरपालिकाका लागि सम्पत्ति हो । यसलाई नियमित उपयोग गर्ने सम्बन्धमा विधि तर्जुमा गरेर सहयात्रालाई निरन्तरता दिने प्रयास हुनेछ ।
प्रशासन विभागका प्रमुख दीपक अधिकारीले, तल्लो तहका केही कर्मचारीहरुले सेवा पछि प्राप्त गर्ने रकम कसले कसरी चलाउने भन्ने विषयमा परिवारका सदस्यहरुमा विवाद भएको पाएको बताउँदै सेवापछिको जीवन सहजतापूर्वक सञ्चालन गर्न दिइएको रकम परिवारका सदस्यलाई बाँड्ने पर्व मनाउनेमा खर्च नगर्न सुझाव दिनुभयो ।
उपप्रमुखको सचिवालय प्रमुख सौरभ गौत्तमका अनुसार गएको माघ महिनादेखि २०८१ वैशाख मसान्तसम्म सेवा निवृत्त कर्मचारीलाई सम्मानसहित विदाइ गरिएको हो ।
यसरी सेवा निवृत्त हुनुहुनेमा, सहायक निर्देशक मोहन पौडेल, अधिकृत स्तर छैटौँ, शिवहरि पुडासैनी, सुरक्षाकर्मी, श्यामकुमार खड्का, कनिष्ठ उद्यान सहायक, सावित्री थापा क्षेत्री, कार्यालय सहयोगी, छैटौँ स्तर विष्णुबहादुर विष्ट, चौकीदार सुदर्शन आचार्य र कार्यालय सहयोगी छैटौँ स्तर दानमायाँ पोडेनी हुनुहुन्छ ।
उपप्रमुखको सचिवालयमा बसेर लामो समय काम गरेपछि वडा नं. २५ मा सरुवा भइ जानुभएकी अनिमा डंगोललाई सचिवालयमा पुर्याएको योगदानको सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको थियो ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App