वि.सं.: २०८२, मंसिर २२ सोमबार
इ.स.: 2025 December 8,MONDAY
वि.सं.: २०८२, मंसिर २२ सोमबार
सबै विभागका प्रतिनिधिलाई ‘सार्वजनिक निजी साझेदारी कार्यक्रम’ सम्बन्धी तालिम
तालिममा निजी साझेदारी कार्यक्रमको अवधारणा, परिचय र महत्व, नेपालको सन्दर्भमा सार्वजनिक निजी साझेदारी कार्यक्रमको सफल अभ्यास, सम्भावना र चुनौती, सार्वजनिक निजी साझेदारी अवधारणाका लागि सम्भावित र महत्वपूर्ण आयोजनाहरु, साझेदारी कार्यक्रमका अङ्गहरु र व्यवसायिक कार्ययोजना निर्माण अभ्यास, योजना छनोटका सूचक, विधि र प्रक्रियालगायत विषय समेटिएका थिए । यस्तै बजारीकरण र उत्पादन योजना, संस्थागत प्रबन्ध (संगठन र व्यवस्थापन) तथा वित्तीय योजना र योजना विश्लेषण तालिममा समेटिएका थिए ।
सार्वजनिक निजी साझेदारी कार्यक्रमको मुख्य मर्म भनेको सबै पक्ष लाभान्वित हुनु हो । यसमा लगानी गर्ने पनि र नगर्ने पनि लाभान्वित हुनुपर्छ । लगानी गर्नेहरुको लगानी सुरक्षा तथा प्रतिफल र लगानी नगर्नेहरुका लागि सेवा उपभोगको अवसरले साझेदारी कार्यक्रम सफल हुने हो । यसमा निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण स्पष्ट बनाउनुपर्छ । कार्यक्रममा सहरी योजना आयोगका सदस्य डा. सुरजराज काफ्लेले धारणा राख्नुभयो ।
एकाइका प्रमुख नरेन्द्रबिलास बज्रचार्यकाअनुसार महानगरपालिकाले २०५६ सालबाट सार्वजनिक जिनी साझेदारी अवधारणाअनुसार कार्यक्रम थालेको हो । यसपछि कति योजना सफल भए, कति योजना सफल बनाउन पुरक सम्झौता गर्नु परेको छ । कति योजनामा सम्झौता गरेर काम थालनी भयो तर कार्य सम्पन्न भएन । यसकारण विगतको अभ्यास अध्ययन विश्लेषण गर्नु र महानगरपालिकाले जारी गरेको ऐन कार्यान्वयन गर्न नियमावली तर्जुमा गर्नु अहिलेको आवश्यकता रहेको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App