वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
इ.स.: 2025 November 4,TUESDAY
वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
महिलाहरुको क्षमता कमजोर बनाउने कथाको चक्र तोड्न राजनीतिमा आएँ - उपप्रमुख डंगोल
काठमाडौँ । महिलाहरुको आत्मविश्वाश, आत्मसम्मान र क्षमता बढ्न नदिने कथाको चक्र तोड्न आफू राजनीतिमा आएको काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । वेलायतको मेनचेष्टरमा आयोजना भएको ‘वुमन अफ द वर्ल्ड फेस्टिभल’ मा बोल्दै उहाँले, महिलाहरुलाई प्रतिकुल अवस्थाबाट माथि उकास्न निरन्तर प्रयास गरिरहेको बताउनुभयो । त्यस क्रममा उहाँले सामाजिक मान्यताका आयामहरुमा चर्चा गर्दै, नेपाली राजनीतिमा महिलाहरुको सहभागिता बढ्दै गएको बताउनुभयो । ‘यसबाट महिलाको अवस्थालाई सामाजिक तथा प्राकृतिक न्याय अनुकुल निर्माण गर्नमा योगदान पुग्नेछ ।’ उहाँको भनाइ छ ।
सूचना र प्रविधिले रुपान्तरित हुँदै गरेको विश्व परिवेशमा लैङ्गिक समानता र समावेशीकरणका लागि रणनीतिक राष्ट्रिय अन्तरराष्ट्रिय सञ्जाल निर्माण हुनेछ । यसबाट आफ्नो परिवेशलाई विश्वका अन्य परिवेशसँग तुलना गर्न र सुधारका काम गर्न सहज हुनेछ । कार्यक्रममा डंगोलले भनाइ राख्नुभयो ।
शनिवार उपप्रमुख डंगोलले, अभियानका संस्थापक जुड केली सीबीइसँग छलफल गर्नुभयो ।
व्रिटिस काउन्सिलको निमन्त्रणामा उहाँ फेस्टिभलमा सहभागी हुन जानुभएको हो । मेनचेष्टर सहरको अभोभा स्टुडियोमा जेठ ११ सुरु भएको फेस्टिभल आज सकिंदैछ ।
स्थानीय, राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रका महिलाहरुका बिच अन्तरक्रिया र अनुभव आदानप्रदान हुने फेस्टिभल हरेक बर्ष आयोजना हुने गरेको छ । यो सन् २०११ मा लण्डनको साउथ वैङ्कबाट सुरु भएको हो । यसअघिका कार्यक्रममा मलाला युसुफजाइ, एनी लेनोक्स, प्याट्रिक स्वीवर्ट, जुली वाल्टर्ससहित विश्व प्रख्यात महिलाले वक्ताका रुपमा सहभागी भइसक्नुभएको छ । लैङ्गिक समानता र समावशीकरणका लागि सकारात्मक परिवर्तन गराउन महिलाहरुको आवाजलाई सशक्त बनाउनु कार्यक्रमको लक्ष्य हो ।
हाल सम्म विश्वका ६ महादेशहरुको ४५ भन्दा वढी स्थानहरुमा ५० लाख भन्दा वढी व्यक्तिहरुले सहभागिता जनाइसकेका छन् ।
उपप्रमुख नेतृत्वको भ्रमण टोली यसपछि स्कटल्याण्डमा नेपाल स्कटल्याण्ड एसोसियसनले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछ । यस्तै लण्डनस्थित वेलायतका लागि नेपालको राजदूताबासले आयोजना गर्ने अन्तरक्रियामा सहभागी हुनेछ । भ्रमण अवधिमा टोली, अक्सफोर्ड विश्वविद्यालय, वल्र्ड नेवा अर्गनाइजेसनलगायत संस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर ज्येष्ठ २० गते स्वदेश फर्कनेछ ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App