वि.सं.: २०८२, माघ १९ सोमबार
इ.स.: 2026 February 2,MONDAY
वि.सं.: २०८२, माघ १९ सोमबार
‘सिप मेला’ ले युवाहरुलाई स्वरोजगार बन्न प्रोत्साहन गरेको र रोजगारमा जान सिप विकास गरेको महसुस गरेँ : राजदूत रीना-रीक्का
काठमाडौँ । ‘सिप मेला’ ले नेपाली युवाहरुलाई स्वरोजगार बन्नका प्रोत्साहित गरेको र रोजगार बन्न क्षमता विकास गरेको महसुस गरेको नेपालका लागि फिनल्याण्डका राजदूत रीना–रीक्का हेक्काले बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाले
टुँडिखेलमा सञ्चालन गरिरहेको मेला अवलोकनपछिको संक्षिप्त प्रतिक्रियामा उहाँले आज यस्तो बताउनुभएको हो ।
व्यक्तिमा व्यवसायिक सिप प्रदान गरेर आत्मनिर्भर हुन सक्ने बनाउनु महत्वपूर्ण काम हो । उहाँले ‘सिप मेला’सँगै ‘शिक्षामा सिप’ कार्यक्रमले उद्योग, रोजगार र स्वरोजगारका क्षेत्रमा महत्वपूर्ण र दीर्घकालीन नतिजा दिने बताउनुभयो ।
महानगरपालिकाले सञ्चालन गरेको शिक्षकको क्षमता विकास कार्यक्रममा आफूहरु सहकार्यका लागि तयार रहेको राजदूत हेक्काको भनाइ थियो ।
राजदूत हेक्काले, प्रशिक्षार्थीहरुसँग तपाईँको के सपना थियो? तालिमले त्यो सपना कसरी पूरा गराउँछ भनेर अन्तरक्रिया गर्नुभएको थियो । त्यस क्रममा प्रशिक्षार्थीहरुले, महानगरपालिकाले आफूलाई निःशुल्क तालिम दिएपछि महानगरपालिकाले गरेको लगानी आफू स्वरोजगार भएर फिर्ता गर्ने सपना रहेको उल्लेख गर्नुभयो ।
त्यस क्रममा महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले, मेलाबाट बेरोजगार र रोजगारदाता बिचको सम्बन्धमा अहिले भएको खाडल कम हुने बताउनुभयो । यसका लागि निजी, उद्योग, वाणिज्य तथा शैक्षिक क्षेत्रसँग समन्वय भएको उपाध्यक्ष राजभण्डारीको भनाइ थियो ।
मेलामा सञ्चालन भएका तालिम कक्षाहरुका बारेमा उपाध्यक्ष राजभण्डारीसहित, आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा, निर्देशक समितिका सदस्य सुदीप ढकाल, अन्तरराष्ट्रिय सम्बन्ध सल्लाहकार सन्तोष गिरी, रोजगार संयोजक देवेन्द्र के. सी. सहित अधिकारीहरुले तालिमका विशेषताका बारेमा जानकारी गराउनुभएको थियो ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App