वि.सं.: २०८२, कात्तिक १२ बुधबार
इ.स.: 2025 October 29,WEDNESDAY
वि.सं.: २०८२, कात्तिक १२ बुधबार
‘चलचित्र सहर’ काठमाडौँ महानगरपालिकाको, ‘शैक्षिक क्षेत्र’ र ‘ज्ञानको संस्थागत विकास’ का लागि सहकार्य गर्न युनेस्को इच्छुक
काठमाडौँ । युनेस्को नेपालका आवासीय प्रतिनिधि माइकल क्रप्टले, काठमाडौँ महानगरपालिकासँगको रचनात्मक सहर सञ्जालको कुरा गर्दै यससँगै शैक्षिक र ज्ञानको संस्थागत विकासका लागि काम गर्न इच्छुक रहेको बताउनुभएको छ । टुँडिखेलमा सञ्चालन भइरहेको ‘सिप मेला’ को अवलोकनका क्रममा उहाँले सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीसँग कुरा गर्दै यस्तो इच्छा व्यक्त गर्नुभएको हो ।
‘चलचित्र सहर’ का कार्यक्रमभित्र पनि विद्यालय शिक्षामा काम गर्न सकिन्छ । यसका अतिरिक्त सहकार्यमा थप कार्यक्रम पनि सञ्चालन गर्न सकिन्छ । क्रफ्टले भन्नुभयो, ‘रचनात्मक उद्योग पहिचान, विकास र विस्तारका लागि काठमाडौँसँग धेरै सम्भावना छन् । यी सम्भावनाहरुलाई महानगरपालिकाको पहिचान, गौरव र समृद्धि वृद्धिसँगै स्थानीयबासीको जीवनस्तर सुधारसँग जोडेर लैजानुपर्छ ।’
कुराकानीका क्रममा उपाध्यक्ष राजभण्डारीले, महानगरपालिकाले सिपलाई स्वरोजगारसँग जोड्ने काम लाई प्राथमिकता दिएको बताउनुभयो । सिप मेला हाम्रो प्रस्थान विन्दु हो । ज्ञान तथा सिपको अद्यावधिक गराउने, सिपलाई रोजगार र स्वरोजगारसँग जोड्ने यसभन्दा धेरै योजना कार्यान्वयन गर्ने योजनामा छौँ ।
अवलोकनका क्रममा स्कप्चर र चित्रकला प्रशिक्षणका बारेमा क्रफ्टले चासो राख्नुभएको थियो ।
उहाँलाई आयोगका उपाध्यक्षसहित सहरी योजना आयोगका सदस्य शैलेन्द्र झा, अन्तरराष्ट्रिय सम्बन्ध सल्लाहकार सन्तोष गिरी, सिप मेला निर्देशक समितिका सदस्य सुदीप ढकाल, रोजगार संयोजक देवेन्द्र के. सी. ले मेला र मेलामा सञ्चालन भएका तालिममा विषयमा जानकारी गराउनुभएको थियो ।
यसरी तालिम अवलोकन गर्न आउने विशिष्ट पदाधिकारीहरुलाई हस्पिटालिटीको तालिम गर्ने विद्यार्थीहरुले कफी, केक खुवाउने तथा खाना चखाउने गर्नुभएको छ ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App