वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
इ.स.: 2025 November 4,TUESDAY
वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
श्रमिकले आर्जन गरेको पैसालाई मलेसिया सरकारले घरजग्गा किन्नमा नभइ स्वरोजगार बन्नमा प्रोत्साहन गर्छ - कार्यवाहक राजदूत अजमान
                        काठमाडौँ । मलेसिया सरकारले श्रम क्षेत्रका व्यक्तिहरुले आर्जन गरेको रकमलाई घर किन्न वा जग्गा किन्नमा निरुत्साहित र स्वरोजगार बन्नका लागि उत्साहित गरेको थियो । यसबाट उनीहरु नियमित रकम जम्मा गर्न सक्ने भए । परिवार पाल्न अरुसँग 
सहयोग लिनु परेन । आफ्ना समस्या टार्न अरुलाई गुहार गर्नु परेन । नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिर्दुस अजमानले भन्नुभयो, ‘रोजगारले भन्दा स्वरोजगारले व्यक्तिको जीवनमा छिट्टै समृद्धि आउँछ । यसकारण रोजगारभन्दा स्वरोजगार बन्न उत्साहित हुने कार्यक्रम ल्याउनु पर्छ ।’ उहाँले मलेसियाको अभ्यास सुनाउँदै भन्नुभयो, ‘लगानी नपुग्नेलाई सहुलियत ऋण, निश्चित अवधिका लागि करमा छुट जस्ता कार्यक्रमले स्वरोजगारीमा व्यक्तिको आकर्षण बढेको थियो ।’
महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ को अवलोकन गरिसकेपछि उहाँले मलेसियाको अभ्यास सुनाउँदै महानगरपालिकाले पनि मेलापछि स्वरोजगारका लागि नीति तर्जुमा गर्न सक्ने सुझाव दिनुभयो । व्यवसायिक तालिमका लागि दक्ष मलेसियन पक्ष र महानगरपालिकाको सहकार्यमा संयुक्त तालिम सञ्चालन गर्न सकिन्छ । उहाँको भनाइ थियो ।
अवलोकनका क्रममा कार्यवाहक राजदूतले हस्पिटालिटी विधाका प्रशिक्षार्थीले तयार पारेका खानेकुरा चाख्नुभएको थियो । ‘खाना स्वादिलो छ । मलेसियामा पनि नेपालीहरुले यस्तै मिठो खाना बनाउनुहुन्छ ।’ उहाँको प्रतिक्रिया थियो । 
अवलोकनपछि सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सदस्य इञ्जिनियर शैलेन्द्र झा, अन्तरराष्ट्रिय सम्बन्ध सल्लाहकार सन्तोष गिरी, प्रशासन विभागका प्रमुख दीपक अधिकारी, मेला निर्देशक समितिका सदस्य सुदीप ढकालसहित अधिकारीसँग, श्रम बजारमा जनशक्ति व्यवस्थापन, बेरोजगारहरुको छनोटमा परेका श्रम क्षेत्र, श्रमिकहरुको क्षमता विकास र जीवन सुधार कार्यक्रमसहित आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो ।
अवलोकनका क्रममा रोजगार संयोजक देवेन्द्र के. सी. ले तालिमका कक्षा सञ्चालनको विधि, तालिमका विधा र पेशाका विषयमा जानकारी गराउनुभएको थियो ।
आज नै सिप मेलाको अवलोकनका लागि नेपालका लागि फिनल्याण्डका राजदूत रीना—रीक्का हेक्का, युनेस्को नेपालका आवासीय प्रतिनिधि माइकल क्रप्टले मेलाको अवलोकन गरेर श्रम क्षेत्रमा महानगरपालिकाले गरिरहेका कामका विषयमा जानकारी लिँदै सहकार्यका लागि तयार रहेको प्रतिक्रिया दिनुभयो ।

 
                        निशुल्क उपचार सहजिकरण सेवा
                    
                                    
                        
                        फोहरमैला व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        पार्किङ्ग व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        Intern आवेदन प्रणाली
                    
                                    
                        
                        KMC Mobile App
                    
                                    
                        
                        इजलास व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        विद्युतीय नक्शा पास प्रणाली
                    
                                    
                        
                        बिपद् सूचना ब्यवस्थापन प्रणाली
                    
                                    
                        
                        सहकारी व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        बोलपत्र आवहन प्रणाली
                    
                                    
                        
                        घटना दर्ता नागरिक सेवा
                    
                                    
                        
                        राजश्व भुक्तानी प्रणाली
                    
                                    
                        
                        KMC Smart Toilet
                    
                                    
                        
                        Metro Mart
                    
                                    
                        
                        KMC Parking  App