वि.सं.: २०८२, मंसिर २१ आइतबार
इ.स.: 2025 December 7,SUNDAY
वि.सं.: २०८२, मंसिर २१ आइतबार
व्यावसायिक तालिम प्राप्त जनशक्तिबाट राष्ट्रिय अर्थ व्यवस्थामा सकारात्मक प्रभाव - सार्वजनिक मामिला प्रमुख ग्यारेट विल्कर्सन
काठमाडौँ । नेपालस्थित अमेरिकी दूताबासका सार्वजनिक मामिला प्रमुख ग्यारेट विल्कर्सनले, व्यावसायिक तालिमले राष्ट्रिय अर्थ व्यवस्थामा सकारात्मक प्रभाव पार्ने बताउनुभएको छ । आज टुँडिखेलमा महानगरपालिकाले सञ्चालन गरिरहेको सिप मेलाको
अवलोकनका क्रममा उहाँले यस्तो बताउनुभएको हो । व्यवसायिक तालिमको महत्वपूर्ण लाभ भनेको यसले रोजगार र स्वरोजगारसँग जोड्छ । उहाँले थप्दै भन्नुभयो, ‘तालिमको प्रयोगात्मक कक्षाले विद्यार्थीलाई सिक्न प्रोत्साहित बनाउँछ । यसबाट दक्ष जनशक्ति उत्पादनमा योगदान हुन्छ ।’
तालिमपछि रोजगार क्षेत्रसँगको सम्बन्ध, तालिममा महिलाहरुको सहभागिता र समावेशीकरण, नागरिक समाजसँगको सम्बन्धका विषयमा जानकारी लिनुभएको थियो ।
त्यस क्रममा दूताबासका युवा तथा सांस्कृतिक कार्यक्रम विशेषज्ञ ध्रुवबहादुर शाह (पीएचडी) ले, तालिमबाट उत्पादन भएका जनशक्तिलाई रोजगारसँग जोड्ने कार्यक्रमका बारेमा चासो राख्नुभएको थियो ।
त्यस क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले, आंशिक समयमा काम गर्ने परिपाटी विकास गर्न लागिएको बताउनुभयो ।
त्यस क्रममा आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले, व्यवसायिक तालिमको परम्परागत पाठ््यक्रमलाई व्यवसायिक साझेदारहरुसँगको सहकार्यमा परिमार्जन गरेर व्यवहारिक र प्रयोगात्मक सिपलाई महत्व दिइएको बताउनुभयो ।
तालिम सञ्चालन गर्दा पछाडि परेका वा पारिएका, अल्पसंख्यक, महिलासहितको सहभागितालाई सुनिश्चित गरिएको अन्तरराष्ट्रिय सम्बन्ध सल्लाहकार सन्तोष गिरीको भनाइ थियो ।
छलफलका क्रममा व्यवसायिक तालिमलाई लैङ्गिकमैत्री एवं सामाजिक समावेशीकरणका कोणबाट चर्चा गरिएको थियो ।
 Feed.jpg)
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App