वि.सं.: २०८२, मंसिर २१ आइतबार
इ.स.: 2025 December 7,SUNDAY
वि.सं.: २०८२, मंसिर २१ आइतबार
दक्षिण कोरियाको आधुनिक विकासमा व्यवसायिक तालिम लिनेहरुको ठूलो योगदान - नेपालका लागि दक्षिण कोरियाका राजदूत
काठमाडौँ । व्यवसायिक सिपमूलक तालिम लिएका व्यक्तिहरुबाट दक्षिण कोरियाको आधुनिक विकास भएको हो । कोरियाको विकास इतिहासको स्मृति गर्दै, नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क, ताइ योङ्ले, कोरियाका विद्यार्थी माध्यमिक तह पूरा गरेपछि करिब ९० प्रतिशत विद्यार्थी व्यावसायिक सिपमूलक तालिममा जाने बताउनुभयो । टुँडिखेलमा आयोजना भइरहेको सिप मेला २०८१ को अवलोकनका क्रममा बुधबार तालिम स्थलको अवलोकन गरिसकेपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।
महानगरपालिकाले धेरै राम्रो काम गरेको महसुस भयो । उहाँले भन्नुभयो, ‘तालिम लिएका व्यक्तिहरु श्रम बजारमा सजिलै खपत हुने वातावरण सिर्जना गर्नुपर्छ । आर्थिक, सामाजिक तथा पारिवारिक विकासको प्रारम्भ यहीँबाट सुरु हुन्छ ।’
तालिमको ८० प्रतिशत प्रयोगात्मक कक्षा हुने भएकोले जनशक्तिले प्राप्त गरेको सिप रोजगार क्षेत्रका लागि काम लाग्ने खालको छ । त्यस क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले भन्नुभयो, ‘तालिम लिएकालाई सकेसम्म स्वरोजगार बन्न प्रोत्साहित गर्ने, स्वरोजगार बन्न चाहना नगर्नेहरुलाई रोजगारका क्षेत्रसँग जोड्ने कार्यक्रमसहित तालिम सञ्चालन भएको हो ।
‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ हाम्रो मुख्य कार्यक्रम हो । युवाहरुलाई स्वदेशमै अवसर छ भन्ने, सन्देश यसको महत्वपूर्ण पाटो हो । कुराकानीका क्रममा आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभयो ।
नेपाल र कोरियाका सहरहरु बिचमा संस्कृति, व्यक्तित्व विकास, संस्थागत ज्ञान, सिप र क्षमता वृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन भइरहेकोमा सहकार्यका क्षेत्रलाई विस्तार गरेर व्यावसायिक सिप प्रदान गर्ने कार्यक्रम चलाउन सकिने अवलोकनका क्रममा कुराकानी भएको थियो ।
सिप मेलाको पहुँच विकास र विस्तार गर्न महानगरपालिकाले वैशाख १९ गतेदेखि टुँडिखेलमा सिप मेला सञ्चालन गरिरहेको छ । मेलाको अवलोकन गर्न संघीय सरकारका मन्त्री, प्रदेश सभा सदस्य, स्थानीय सरकारका प्रमुख, उपप्रमुख तथा प्रतिनिधि, दातृ तथा साझेदार संस्थाका प्रतिनिधिहरु अवलोकनका लागि आउने गर्नु भएको छ ।
कुटनीतिक क्षेत्रका अधिकारीहरुको भ्रमणका बारेमा अन्तरराष्ट्रिय सम्बन्ध सल्लाहकार सन्तोष गिरी भन्नुहुन्छ, ‘नेपालका लागि कोरियाका राजदूत पार्कसहित अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्क, फिनल्याण्डकी राजदूत रीना–रीक्का हेक्का, श्रीलंकाका राजदूत सुदर्शन पथिराना, मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिर्दुस अजमान सिप मेलामा आइसक्नुभएको छ । यस्तै, युनेस्को नेपालका आवासीय प्रतिनिधि माइकल क्रप्ट, युएनडीपीका उपआवासीय प्रतिनिधि जुलियन चेभिलार्ड, नेपालका लागि अमेरिकाको दूताबासका सार्वजनिक मामिला प्रमुख ग्यारेट विल्कर्सनले अवलोकन भ्रमणबाट मेला विषयमा जानकारी लिएर महानगरपालिकासँग आगामी सहकार्यका लागि इच्छा व्यक्त गर्नुभएको छ ।’
 Feed.jpg)
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App