वि.सं.: २०८२, मंसिर २१ आइतबार
इ.स.: 2025 December 7,SUNDAY
वि.सं.: २०८२, मंसिर २१ आइतबार
‘काठमाडौँ महानगरपालिका, पहिलो राष्ट्रिय स्नुकर च्याम्पियनसिप कप’ सुरु
काठमाडौँ । आजदेखि ‘काठमाडौँ महानगरपालिका पहिलो राष्ट्रिय स्नुकर च्याम्पियनसिप कप’ सुरु भएको छ । नेपाल बिलियार्डस स्नुकर तथा पुल संघले एभरेष्ट होटल बानेश्वरमा सुरु गरेको प्रतियोगिताका खेलाडीहरुको प्रोत्साहनका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशाकीय अधिकृत प्रदीप परियार, सामाजिक समितिका संयोजक रामकुमार के. सी. शुभारम्भ अवसरमा सहभागी हुनुभएको थियो । त्यस क्रममा प्रमुख शाह, उपप्रमुख डंगोल र समितिका संयोजक के. सी. ले, क्युबलले ब्रेक गर्नुभएको थियो ।
त्यसपछिको संक्षिप्त प्रतिक्रियामा उपप्रमुख डंगोलले, युवाहरुका बिचमा लोकप्रिय खेलका रुपमा परिचित स्नुकरलाई रचनात्मक विकासमा उपयोग गर्न लागिएको बताउनुभयो । यस्तै सामाजिक समितिका संयोजक के. सी. ले, महानगरपालिकाले खेल क्षेत्रमा लगानी बढाउँदै गएको र यसबाट युवाहरुलाई सिर्जनशील हुन सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।
प्रतियोगिताका लागि ४५ वटा जिल्लाबाट छानिएका २५६ जना खेलाडीमध्ये पहिलो र दोस्रो चरणबाट छनोट भएका ६४ जना खेलाडी तेस्रो चरणको प्रतिस्पर्धामा सहभागी भएका छन् । खेल नकआउटका आधारमा हुनेछ । ४ वटा बोर्डमा आज १६ वटा खेल हुनेछन् । १८ बर्षदेखि ५४ बर्षसम्मका खेलाडीहरु प्रतियोगितामा सहभागी हुनुहुन्छ । खेलमा महिला सहभागी हुनुहुन्न ।
७२ स्क्वायर फिटको टेवलमा यो खेल खेलिन्छ । संघका केन्द्रीय अध्यक्ष सरोजकुमार मुल्मीकाअनुसार भारतमा वेलायती सैनिक क्याम्पमा सैनिकहरुको मनोरञ्जनका लागि खेल थालिएको हो । ‘अनुशासन, धैर्यता, एकाग्रता र व्यवहारिक सिपयुक्त यो खेल राष्ट्रिय खेलका रुपमा स्थापित हुन सकेको छैन ।’ मुल्मीले भन्नुभयो, ‘खेलाडीहरुले अन्तरराष्ट्रिय स्नुकर च्याम्पियनसिपमा विभिन्न विधामा उत्कृष्ट नतिजा हासिल गर्नुभएको छ । नेपाल अन्तरराष्ट्रिय स्नुकर च्याम्पियनसिपका दृष्टिले १६ औँ उत्कृष्ट स्थानमा छ । खेलको विकास र विस्तारका लागि प्राप्त सहयोगबाट स्नुकर राष्ट्रिय खेलका रुपमा स्थापित हुनेछ ।’
महानगरपालिकाको नेतृत्व युवाको हातमा पुगेकोले स्नुकरले स्थान पाएको बताउँदै अध्यक्ष मुल्मीले, महानगरपालिकाको लगानीबाट युवाहरुमा सकारात्मक उर्जा प्रवाह भएको उल्लेख गर्नुभयो ।
खेलका विजेतालाई नगद २ लाख ५१ हजार रुपैयाँ, उपविजेतालाई नगद १ लाख रुपैयाँ र सेमी फाइनलिष्टलाई नगद ५० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिनेछ । यस्तै १४७ को म्याक्सिमम हाइएष्ट व्रेक गर्नेलाई नगद ७५ हजार रुपैयाँ, सेन्च्युरी (१००) ब्रेक गर्नेलाई नगद ५० हजार रुपैयाँ र ८० को हाइएष्ट व्रेक गर्नेलाई २५ हजार रुपैयाँ नगदसहित पुरस्कार प्रदान गरिनेछ ।
क्वाटर फाइनलिष्टलाई नगद १० हजार रुपैयाँ, प्रि क्वाटर फाइनलिष्टलाई नगद ५ हजार रुपैयाँ, वेष्ट प्लेयर र वेष्ट राइजिङ् प्लेयरलाई १५÷१५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिनेछ ।
खेलको समापन जेठ २९ गते हुनेछ ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App