Logo

उत्कृष्ट शिक्षा नेपालमै : सहकार्य र समन्वयबाट नतिजा प्राप्त हुने

उत्कृष्ट शिक्षा नेपालमै : सहकार्य र समन्वयबाट नतिजा प्राप्त हुने

काठमाडौँ । ‘उत्कृष्ट र जीवनउपयोगी शिक्षा काठमाडौँभित्र सम्भव छ । यो दावीलाई नतिजामा उतार्नु पर्नेछ ।’ काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, शैक्षिक सुधारका कार्यक्रममा धारणा राख्दै भन्नुभयो, ‘सामुहिक लाभ तथा सार्वजनिक हितका लागि काठमाडौँ महानगरपालिकाले निजी क्षेत्रसँग सहकार्य गर्दै आएको छ । यसलाई निरन्तरता दिनेछ ।’ आज टुँडिखेलमा ‘काठमाडौँ महानगर हिसान शैक्षिक मेला’ को उद्घाटन गर्दै भन्नुभयो, ‘महानगरपालिकाले सुरु गरेको शिक्षामा सिप कार्यक्रममार्फत निजी सुविधामा समुदायको पहुँच पुगेको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) सँगको सहकार्यबाट प्राप्त भएको यो उपलब्धीलाई संस्थागत गर्दै र बढाउँदै लैजानुपर्छ ।’

कार्यक्रममा हिसानका अध्यक्ष रमेश सिलवालले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिकाले थालेको शिक्षामा सिप कार्यक्रमलाई पूर्ण क्षमतामा सञ्चालन गर्न हाम्रा दायित्वका काम गर्न प्रतिवद्ध छौँ । यसका लागि निजी क्षेत्रसँग प्राविधिक दक्षता, योग्यता र क्षमता छ ।’ त्यस क्रममा महासचिव लोकबहादुर भण्डारीले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिकासँग हिसानको केन्द्रीय समितिले गरेको सहकार्य प्रदेश र जिल्ला स्तरमा विस्तार गर्न सकिन्छ ।’

मेला भोलिसम्म चल्नेछ । यसभित्रका प्रदर्शनी स्थलहरुबाट शैक्षिक जानकारी लिन सकिन्छ । यस्तै शिक्षामा सिप, प्रविधि र विषयगत अध्ययनसँग रोजगार र स्वरोजगारको परामर्श उपलब्ध हुनेछ ।

 

  • प्रकाशित मिति: शनिबार २५ ेठ २०८१ २०:०७