वि.सं.: २०८२, मंसिर २१ आइतबार
इ.स.: 2025 December 7,SUNDAY
वि.सं.: २०८२, मंसिर २१ आइतबार
कार्यान्वयन योग्य कार्यक्रम र कार्यक्रमका आधारमा बजेट तर्जुमा गर्न जोड
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक आज उपप्रमुख एवं समितिका संयोजक सुनिता डंगोलको संयोजकत्वमा बस्यो । आर्थिक बर्ष २०८१/८२ को बजेट तथा कार्यक्रम तर्जुमाका लागि बसेको बैठकमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, विषयगत समितिका संयोजकहरु र विभागीय प्रमुखहरु उपस्थित हुनुहुन्थ्यो ।
चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था समीक्षा गरेर आर्थिक बर्ष २०८१/८२ को वार्षिक बजेट तथा कार्यक्रम तर्जुमाको आधार बनाउनु पर्नेमा बैठकमा जोड दिइएको थियो । बजेट कार्यान्यन हुन नसक्ने कारण पत्ता लगाउन र स्वतःस्फूर्त कार्यक्रम कार्यान्वयन जाने अवस्था निर्माणको विषयले पनि बैठकमा महत्व पाएको थियो ।
महानगरपालिकामा नगर सभाअन्तर्गत ३ वटा र कार्यपालिकाअन्तर्गत १३ वटा समिति छन् ।
नगर सभाअन्तर्गतको लेखा समितिको संयोजकमा गायत्री पुडासैनी, विधायन समितिको संयोजकमा रुपा थापा क्षेत्री र सुशासन समितिको संयोजकमा सिर्जना भेटवाल हुनुहुन्छ ।
यस्तै कार्यपालिकाअन्तर्गतको सूचना प्रविधि समितिको संयोजक नविन मानन्धर हुनुहुन्छ । उहाँ महानगरपालिकाको प्रवक्ता पनि हुनुहुन्छ । यस्तै सुशासन समितिमा ख्यामराज तिवारी, सामाजिक समितिमा रामकुमार के. सी., पूर्वाधार समितिमा राजेशकुमार श्रेष्ठ, वातावरण समितिमा बालकृष्ण महर्जन, भवन व्यवस्था समितिमा हीरालाल तण्डुकार, सम्पदा तथा पर्यटन समितिमा आशामान संगत, राजस्व समितिमा नवराज पराजुली, स्वास्थ्य र शिक्षा समितिमा चिनीकाजी महर्जन, विधायन समितिमा मचाराजा महर्जन, विपद व्यवस्थापन समितिमा प्रेम थापा, वित्त समितिमा ईश्वरमान डंगोल र कृषि तथा सहकारी समितिमा रामजी भण्डारी संयोजक हुनुहुन्छ ।
उपप्रमुख डंगोलको संयोजकत्वमा रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिको सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिकाअन्तर्गत विषयगत समितिका संयोजक हुनुहुन्छ । सदस्य सचिव योजना, अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदी हुनुहुन्छ ।
तस्विर : अमृत पाण्डे
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App