वि.सं.: २०८२, माघ १७ शनिबार
इ.स.: 2026 January 31,SATURDAY
वि.सं.: २०८२, माघ १७ शनिबार
वडा नं. ५ मा विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता सुरु
काठमाडौँ । हाँडीगाउँ (नरः) मा आजदेखि विद्यालयस्तरीय बुद्धिचाल (चेस) प्रतियोगिता सुरु भएको छ । काठमाडौँ महानगरपालिकाको वडा नं. ५ ले आयोजना गरेको प्रतियोगितामा ११ वटा विद्यालयका ५९ जना छात्रछात्रा सहभागी हुनुहुन्छ । जसमध्ये छात्राको संख्या १० जना रहेको छ ।
बालबालिकाको वौद्धिक विकास गराउन र आपसमा भेट भएर खेल खेल्ने संस्कारको विकास गराउन यसप्रकारको प्रतियोगिता आयोजना गरिएको हो । खेल आयोजनाको उद्देश्यका बारेमा जानकारी दिँदै वडाध्यक्ष वीरेन्द्र प्रजापती भन्नुहुन्छ, ‘भेला भएर खेलिने खेलले व्यक्तिको सामाजिक सिप विकास हुन्छ । मोवाइलको लतले एक्लो जीवनतर्फ उन्मुख बाल संसार सामाजिक जीवनमा फर्काउन खेलले ठुलो भूमिका खेल्ने अपेक्षा गरेका छौँ ।’
प्रतियोगितामा कक्षा १ देखि १० सम्मका छात्रछात्रालाई सहभागी गराइएको छ । जसमा कक्षा १ देखि ८ सम्मका बालबालिकाको एउटा समूह र कक्षा ९ र १० का विद्यार्थीहरुको अर्को समूह बनाइएको छ ।
खेल स्वीस लीग सिस्टमबाट सञ्चालन हुनेछ । यसमा हरेक खेलाडीलाई ५ खेल खेलाइनेछ । यसरी खेल्दा प्रदान गरिने अङ्क जोड्दा उच्च अङ्क जसले प्राप्त गर्छ । त्यसैका आधारमा विजेता घोषित गरिनेछ ।
खेलमा प्रथम हुनेलाई १० हजार रुपैयाँ, दोस्रो हुनेलाई ७ हजार रुपैयाँ, तेस्रो हुनेलाई ५ हजार रुपैयाँ र सान्त्वाना स्थान हासिल गर्ने २ जनालाई जनही २ हजार ५ सय रुपैयाँ नगदसहित प्रमाण पत्र प्रदान गरिनेछ ।
वडामा एउटा सामुदायिक, एउटा गुठी र १५ वटा संस्थागत विद्यालय छन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App