वि.सं.: २०८२, माघ १९ सोमबार
इ.स.: 2026 February 2,MONDAY
वि.सं.: २०८२, माघ १९ सोमबार
अपाङ्गता भएका २५ जनालाई निःशुल्क व्हील चेयर, ११ जनालाई कमोट चेयरसहित खेल र सहायक सामग्री प्रदान
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने अपाङ्गता भएका २५ जना व्यक्तिलाई ह्वील चेयर, ११ जनालाई सामाजिक विकास विभागले कमोट चेयरसहित सहायता सामग्री, खेल, खेलौनाजस्ता सहायक सामग्री निःशुल्क उपलब्ध गराइएको छ । वडाबाट शिफारिस भएका सबै प्रकारको अपाङ्गता भएका व्यक्तिहरुका लागि विभागले सामग्री
उपलब्ध गराएको हो । यसरी प्रदान गरिएका सहायक सामग्रीमा वकर, सेतो छडी, कमरपेटी, छन् भने खेल सामग्रीमा फुटबल, क्यारिम वोर्ड, व्याटमिन्टन, बास्केट बल, स्टीलको लठ्ठी, सानो, मध्यम र ठूला साइजका डाइपर, इलेक्ट्रिक हट व्याग, पुतलीहरु, रेजिस्ट्याण्ड व्याण्ड, ह्याण्ड बल, क्रिकेट बल र व्याट, खेल खेल्ने रिङ्, टेडी वियर, रबरको घोडा छन् । यसरी प्रदान गरिएका सामग्री अपाङ्गता भएका व्यक्तिहरुलाई खेल्न तथा थेरापीका लागि हुन् ।
सामग्री वितरण हुनुअघि उहाँहरुलाई सामग्री प्रयोग गरेर जीवनलाई सरल बनाउने विधि सिकाइएको थियो ।
कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य महेश नेपालीले भन्नुभयो, ‘अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, सुरक्षा, सम्मान र सहज जीवन यापनका लागि महानगरपालिकाले कार्यक्रम वढाउँदै लैजानेछ । सम्भव भएसम्म सामान्य जीवन बनाउन सहयोग गर्नेछ ।’
सबै प्रकारको अपाङ्गता भएका व्यक्तिहरुका लागि यसरी सामग्री बाँडिएको यो पहिलो पटक हो । कार्यक्रममा सामाजिक विकास विभागका प्रमुख बिमला कोइरालाले भन्नुभयो, ‘फिजियोथेरापीसहितको सहयोग कार्यक्रम सञ्चालन गर्ने अबको योजना हो । जसले जस्तो खालको सहयोग माग गर्नुहुन्छ । उहाँहरुलाई वडाको शिफारिसमा त्यस्तै सहयोग उपलब्ध गराउने छौँ ।’ विभागले आउँदो बर्ष राष्ट्रिय अपाङ्ग कोषसँगको सहकार्यमा सामग्री वितरण गर्दै जाने योजना बनाएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुलाई लागत सहभागिता गराउँदा उहाँहरु सामग्री लिन अस्वीकार गर्नुहुन्छ । कोषका अध्यक्ष डेकराज भट्टराईले भन्नुभयो, महानगरपालिकाको सहयोगबाट आउँदो बर्ष कोषले यस्ता सामग्री उत्पादन र वितरण गर्नेछ ।
यस्ता सामग्री विग्रिए भने मर्मत गर्नका लागि बालाजु स्कूल अफ इञ्जिनियरिङ् एण्ड टेक्नोलोजीका मेकानिकल शाखा प्रमुख कुलप्रसाद तिमिल्सिनाले महानगरपालिकासँगको सहकार्यका बारेमा उल्लेख गर्नुभयो ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App