वि.सं.: २०८२, माघ १९ सोमबार
इ.स.: 2026 February 2,MONDAY
वि.सं.: २०८२, माघ १९ सोमबार
उपप्रमुख डंगोलसँग एडीवी, दक्षिण एशिया प्रमुख नेतृत्व टोलीको भेट
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग एशियन डिभलपमेन्ट वैङ्क (एडीबी), दक्षिण एशियाली महाशाखा, पोर्टफोलियो म्यानेजमेन्ट प्रमुख नेतृत्वको प्रतिनिधि मण्डलले भेट गरेर महानगरपालिकाभित्रको सहरी सुरक्षा र
हरियाली प्रवर्धनका विषयमा कुराकानी गरेको छ । भेटका क्रममा इकोलोजिकल सहरी नविकरण परियोजना तयारी अध्ययन, सहरमा हरियाली (ग्रीन स्पेस) र जल सम्पदासँग सम्बन्धित क्षेत्र (ब्लु स्पेस) को संरक्षण र सम्बर्धनका लागि वृहत र एकीकृत पारिस्थितिकीय रूपान्तरण रणनीतिका विषयमा कुराकानी भएको थियो ।
कुराकानीका क्रममा उपप्रमुख डंगोलले, काठमाडौँको भौगोलिक, सांस्कृतिक, सामाजिक तथा पर्यावरणीय अवस्थितिका बारेमा जानकारी गराउँदै, मौलिक जीवनपद्धतिभित्रको वैज्ञानिक पक्ष, काठमाडौँ महानगरपालिकाको विशेषता रहेको उल्लेख गर्नुभयो ।
‘आधुनिक विकासको बढ्दो प्रयोगभित्र मौलिक तथा रैथाने पूर्वाधारको पुनःस्थापना गर्न समुदायको स्वतःस्फूर्त सहभागिता चाहिन्छ ।’ हाँडीगाउँका हरेक शनिवार सञ्चालन भइरहेको कार फ्री अभियानको प्रभाव उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘स्थानीयले यो कार्यक्रमलाई आफ्नै ठान्ने गरेको छन् । यसबाट अपनत्व विकास भएको छ । यसैकारण यो अभियान स्वतःस्फूर्त अगाडि बढ्ने अवस्थामा पुगेको छ ।’ उहाँले यसलाई सिकाइ मानेर कसैको करले भन्दा स्थानीय आफैँले सञ्चालन गर्ने कार्यक्रम तर्जुमा गर्नु पर्ने र काठमाडौँको विकास योजना बनाउँदा मौलिक, परम्परागत, सामाजिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक अवस्थितिको अध्ययन गर्नु पर्ने बताउनुभयो ।
छलफलमा एडीबीका पोर्टफोलियो म्यानेजमेन्ट प्रमुख हिकारु सोजीले भन्नुभयो, ‘पानी व्यवस्थापन प्रणाली, प्रदुषण न्यूनीकरण, सार्वजनिक स्थानको संरक्षण र सम्पदा संरक्षणलगायतका कामबाट सहरलाई पर्यावरणमैत्री बनाउन सकिन्छ । सामाजिक र वातावरणीय नकारात्मक प्रभावहरू घटाउन सकिन्छ ।’
यस्ता काम गर्नका लागि विशेष लगानी क्षेत्र र प्राथमिकता, पूर्व–सम्भाव्यता अध्ययन, सहरभित्रका नदी किनारा र कोरिडोर, फोहरमैला व्यवस्थापन, सार्वजनिक यातायात प्रणाली, हिँड्ने तथा साइकल चलाउने संस्कार विकास, जग्गा विकास कार्यक्रमलगायत विषयमा छलफल भएको थियो ।
महानगरपालिकाले सहरी हरियाली तथा सुरक्षाका क्षेत्रमा प्राविधिक सहयोग तथा सहकार्यका लागि एडीबीसँग सम्झौता गरेको छ ।
छलफलमा प्रमुखका अन्तरराष्ट्रिय सम्बन्ध सल्लाहकार सन्तोष गिरी, वातावरण व्यवस्थापन विभाग र अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App