वि.सं.: २०८२, माघ १९ सोमबार
इ.स.: 2026 February 2,MONDAY
वि.सं.: २०८२, माघ १९ सोमबार
वडा नं. ३० बाट ५० जना करदाता सम्मानित
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ३० ले ५० जना करदातालाई सम्मान गरेको छ । महानगरपालिका सञ्चालन गर्न, स्थानीय विकास र व्यवस्थापनका लागि करदाताको योगदानको कदर गर्दै करदातालाई सम्मानित गरिएको हो ।
सम्मान कार्यक्रममा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘करदाताबाट प्राप्त रकमबाट विकास निर्माण,
सेवा प्रवाह र सुविधा वितरण भएको हो । करदाताको आय भयो भने कर रकम तिर्न सहज हुन्छ । महानगरपालिकाले यस कुरालाई ध्यानमा राखेर व्यवसायिक क्रियाकलाप सञ्चालन गर्न सहजीकरण गर्नेछ ।’
‘महानगरपालिकाले स्वास्थ्य, शिक्षालगायत आधारभूत सेवाका लागि काम गरिरहेको छ । यसका लागि करदाताले तिर्नुभएको कर रकम खर्च भएको छ । यसकारण जसको रकमबाट काम भएको छ । उहाँप्रति जिम्मेवार भएर काम गर्नेछौँ । यहाँहरुको सहजताका लागि काम गर्नेछौँ ।’ उहाँको भनाइ थियो ।
‘नागरिक अपेक्षालाई योजनाको केन्द्रमा राखेर काम गरिरहेका छौँ । करदातालाई सहज दरमा कर लिएर अधिक सेवा दिने ध्येयले काम भएको छ ।’ कार्यक्रममा वडाध्यक्ष दलबहादुर कार्कीले भन्नुभयो, ‘सबै करदाताको पहुँचमा पुगेर दायरा बढाउन खोजिएको छ ।’
वडा सचिव देवराज जोशीकाअनुसार गएको ३ बर्षदेखि नियमित कर तिर्ने करदातालाई सम्मान गर्ने सूचकका आधारमा सम्मानित हुने करदाता छनोट गरिएको हो ।
वडाले सम्पदाहरुको पहिचान र जानकारीका लागि क्युआर कोड राखेको छ । कार्यक्रममा उपप्रमुख डंगोलले, मैतीदेवी मन्दिरको क्युआर स्क्यान गरेर सम्पदाको जानकारीका लागि प्रविधिको प्रयोग कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App