वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
इ.स.: 2025 November 4,TUESDAY
वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
वडा महिला सञ्जालले विवाद निरुपणसँगै महिलाहरुको नेतृत्व विकास गरेको छ - उपप्रमुख डंगोल
                        काठमाडौँ । ‘वडा महिला सञ्जालले विवाद निरुपणका लागि महत्वपूर्ण गरेको छ । योजत्तिकै महत्वपूर्ण काम भनेको महिलाहरुको नेतृत्व विकास भएको छ ।’ काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल भन्नुहुन्छ, ‘हामीले महिलाहरुको अर्थपूर्ण सहभागिता खोजेका हौँ । अर्थपूर्ण सहभागिता भनेको, जिम्मेवारीसहितको सहभागिता हो ।’
काठमाडौँ महानगरपालिकाको वडा नं. २५ ले आज आयोजना गरेको स्थानीय न्यायिक संवाद कार्यक्रमका बोल्दै उहाँले, झगडा भएर समाधानका लागि कानुन जान्नुभन्दा झगडा हुनु अगाडि नै कानुन जान्नुमा धेरै फरक रहेको बताउनुभयो । ‘न्यायिक संवादबाट प्राप्त हुने कानुनी ज्ञानले व्यक्तिमा म अरुलाई अन्याय गर्दिन भन्ने भाव जागृत हुन सकोस् । आफू अन्यायमा परेको अवस्था महसुस हुन सकोस् । यो अवस्थाले पनि लिङ्गका आधारमा हुने हिंसा कम गराउन सकिन्छ ।’ उहाँको भनाइ थियो । 
‘नागरिकको मर्का सुन्ने सरकार भनेकै वडा कार्यालय हो ।’ कार्यक्रममा वडाध्यक्ष राजेश डंगोलले भन्नुभयो, ‘विवादको सुक्ष्म अवस्था जनप्रतिनिधिलाई थाहा हुन्छ । यदि थाहा छैन भने पनि विवादको गहिराइमा छिट्टै पुग्न सक्ने क्षमता हुन्छ । यसकारण अदालती प्रक्रियामा भन्दा वडाबाट वास्तविक न्याय प्राप्त गर्न सकिन्छ ।’
‘कानुन नजानेका कारण गल्ती गर्न पाइँदैन । कानुन नजानेर गल्ती गर्नेलाई सजाय माफीँ पनि हुँदैन । यसकारण कानुन जान्नै पर्छ ।’ कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यले भन्नुभयो, ‘टोल टोलमा, विद्यालय विद्यालयमा कानुनी साक्षरताका कक्षा सञ्चालन गर्दैछौँ । व्यक्तिसँग सम्बन्धित कानुनका बारेमा सबै महानगरवासीलाई साक्षर बनाउँछौँ ।’
व्यक्तिलाई बन्धक बनाएर खान लगाउन नदिएको जस्ता समस्या महिला सञ्जालले समाधान गरेको छ । सजगता र सचेतनाका कार्यक्रमलाई अगाडि बढाउने योजना छ । सञ्जालकी संयोजक रुपा प्रजापती श्रेष्ठले भन्नुभयो, ‘कानुनले दिने फाइदा के हो, भन्ने बुझाउनु पर्नेछ ।’
कार्यक्रममा महानगरपालिकाले जारी गरेका कानुनी व्यवस्था, मेलमिलापको प्रक्रिया, महिला सञ्जालको भूमिका, निःशुल्क कानुनी सहायता प्राप्त गर्न पाउने अवस्था, वडामा भएका कानुनी सहजकर्ताबाट प्राप्त हुने सेवा, मेलमिलापकर्ताको भूमिका लगायत विषयमा छलफल भएको थियो ।
महानगरपालिकाका वडा महिला सञ्जालहरुले न्यायिक संवाद कार्यक्रम आयोजना गरेर कानुनी साक्षरता अभिवृद्धि गर्ने काम गरिरहेका छन् ।

 
                        निशुल्क उपचार सहजिकरण सेवा
                    
                                    
                        
                        फोहरमैला व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        पार्किङ्ग व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        Intern आवेदन प्रणाली
                    
                                    
                        
                        KMC Mobile App
                    
                                    
                        
                        इजलास व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        विद्युतीय नक्शा पास प्रणाली
                    
                                    
                        
                        बिपद् सूचना ब्यवस्थापन प्रणाली
                    
                                    
                        
                        सहकारी व्यवस्थापन प्रणाली
                    
                                    
                        
                        बोलपत्र आवहन प्रणाली
                    
                                    
                        
                        घटना दर्ता नागरिक सेवा
                    
                                    
                        
                        राजश्व भुक्तानी प्रणाली
                    
                                    
                        
                        KMC Smart Toilet
                    
                                    
                        
                        Metro Mart
                    
                                    
                        
                        KMC Parking  App