वि.सं.: २०८२, माघ १९ सोमबार
इ.स.: 2026 February 2,MONDAY
वि.सं.: २०८२, माघ १९ सोमबार
प्रवर्धनात्मक स्वास्थ्यका लागि खुला व्यायामशाला र बालबालिकाका लागि पार्क
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नंं ८ ले बालबालिकाका लागि बाबु छिरिङ् चिल्ड्रेन पार्क र युवा तथा प्रौढका लागि खुला व्यायामशाला शुभारम्भ गरेको छ । वडाको तिलगंगा क्षेत्रमा पार्क निर्माण गरिएको छ भने पिङ्गलास्थान, भण्डारखाल, गुह्येश्वरी लगायतका खुला स्थानमा व्यायामका साधन तथा उपकरण राखिएको छ ।
सहरी जीवनशैलीलाई सक्रिय बनाउन खुला स्थानमा जान सक्ने वातावरण बनाउन प्रयास थालिएको छ । वडाध्यक्ष आशामान संगत भन्नुहुन्छ, ‘सार्वजनिक स्थलको उपयोग बढ्न थालेपछि व्यक्ति व्यक्ति बिचको सम्बन्ध पनि नजिक हुन्छ । शारीरिक अभ्यासले स्वस्थ्य रहन मद्दत गर्छ । यसले जनस्वास्थ्य र पर्यावरण दुवै क्षेत्रमा लाभ दिन्छ ।’
उहाँकाअनुसार करिब ७२ हजार लागतमा पार्क र करिब ७ लाख १० हजार लागतमा खुला व्यायामशालाका साधन तथा उपकरण खरिद गरिएका हुन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App