Logo

ताजा अपडेट

METRO FM

काठमाडौँका नदीहरुमा जलप्रवाह उच्च, किनारा क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध 

बाढीजन्य विपद परेमा हटलाइन १६६००१०५५११, ११८० महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा सम्पर्क गर्न काठमाडौँ महानगरपालिकाको अनुरोध

काठमाडौँ । हिजो (शुक्रबार) देखि नियमित परिरहेको बर्षाका कारण काठमाडौँका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेसहित मुख्य नदीसहित सहायक नदीहरुमा पानीको बहाव उच्च भएको छ । सडकहरुमा पानी जम्मा भएको छ । कति ठाउँका नदी किनारामहरुमा पानी प्रवेश भएको छ । केही स्थानहरु डुवानमा परेका छन् ।