कार्यक्रम कार्यान्वयन
आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा तत्काल कार्यान्वयनमा ल्याउन जोड
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, चालु आर्थिक वर्षका लागि स्वीकृत नीति, योजना तथा कार्यक्रमको प्राथमिकता निर्धारण गरेर शतप्रतिशत कार्यान्वयनको सुनिश्चित गर्न निर्देशन दिनुभएको छ । आज सहरी योजना आयोग, विभाग, आयोजना, सचिवालय र कार्यक्रमका प्रमुखहरुसँगको बैठकमा उहाँले, योजना अनुगमन तथा मूल्याङ्कन एकाइले उपलब्ध गराएको ढाँचामा एक हप्ताभित्र वार्षिक कार्ययोजना बनाएर पेश गर्न, प्रमुख प्रशासकीय अधिकृत र विभागीय प्रमुख बिच सूचक सहितको कार्य सम्पादन सम्झौतालाई साउनभित्रै सम्पन्न गर्...