वि.सं.: २०८३, असर ३ बुधबार
इ.स.: 2026 June 17,WEDNESDAY
वि.सं.: २०८३, असर ३ बुधबार
'आगामी दिनमा पौडी प्रतियोगिताको आयाम बढाउँदै लैजानेछौँ' - संयोजक, के. सी., सामाजिक समिति
काठमाडौँ । ललितपुरको सातदोबाटो स्थित पौडी पोखरीमा हिजो (जेठ २३ गते)देखि थर्ड नेपाल अक्वास्टिक काठमाडौँ मेयर कप स्वीमिङ् च्याम्पियनसिप सुरु भएको छ । आजसम्म चल्ने प्रतियोगितामा ७८ जना महिला र ९४ जना पुरुष गरी १७२ जना खेलाडी प्रतिस्पर्धामा हुनुहुन्छ । यसरी प्रतिस्पर्धामा रहनुभएका खेलाडीहरुमा ओलम्पियन डुआना लामासहित राष्ट्रिय खेलाडीहरु हुनुहुन्छ । यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जेम्स, लिटिल एञ्जलसहित विभिन्न विद्यालयहरु, सगरमाथा क्लवसहित विभिन्न क्लवहरुबाट खेलाडीहरु प्रतिस्पर्धामा हुनुहुन्छ । उमेरका हिसाबले ६ वर्षदेखि २५ वर्षसम्मका खेलाडी सहभागी हुनुहुन्छ ।
प्रतियोगिता स्थलमा महानगरपालिकाले आकस्मिक स्वास्थ्योपचारका लागि औषधिसहित स्वास्थ्यकर्मीको टोली र एम्बुलेन्स सेवा तैनाथ राखेको छ ।
कार्यक्रम उद्घाटन तथा उद्घाटन खेलका विजेताहरुलाई मेडल र प्रमाण पत्र वितरण गर्दै महानगरपालिकाको सामाजिक समितिका संयोजक एवं वडा नं. १० का अध्यक्ष रामकुमार के. सी. ले आगामी वर्ष पौडी खेलको आयाम बढाउने योजना रहेको बताउनुभयो । ‘संघसँगको सहकार्यलाई निरन्तरता दिँदै आगामी वर्षको कार्यक्रम अझ वृहत गर्ने योजना छ ।’ उहाँको भनाइ छ ।
‘महानगरपालिकाको सहयोगले हामी उत्साहित छौँ ।’ कार्यक्रममा पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले भन्नुभयो, ‘महानगरपालिकाको सहयोगमा अर्को वर्ष हामी दक्षिण एशियाली स्तरमा प्रतिस्पर्धा गराउनेछौँ ।’
प्रतियोगिताका संयोजक उमेश प्रधानका अनुसार ५० मिटर, १ सय मिटर, २ सय मिटर र ४ सय मिटर दुरीमा फ्रिस्टाइल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोक, वटरफ्लाई सहित ३७ विधामा खुला प्रतिस्पर्धा हुनेछ । यस्तै महिला पुरुषको संयुक्त रिले पनि हुनेछ । प्रतिस्पर्धाहरु बिहान र बेलुका हुनेछन् । पहिलो दिनको खेलमा स्थान हासिल गरेका खेलाडीहरुलाई महानगरपालिकाको कार्यपालिका सदस्य महेश नेपाली, सामाजिक विकास महाशाखा प्रमुख जानकी सिंह, पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, महासचिव ईश्वरकुमार कार्कीसहित अधिकारीहरुले मेडल तथा प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
प्रतिस्पर्धाका विजेतालाई नगद ५० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । फस्ट रनरअपलाई २५ हजार रुपियाँ, सेकेन्ड रनरअपलाई १५ हजार नगदसहितट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । उत्कृष्ट पुरुष खेलाडी र उत्कृष्ट महिला खेलाडीलाई जनही १५ हजार रुपियाँ नगदसहित पुरस्कृत गरिनेछ ।
यस अघि प्रारम्भ भण्डारी, गौरीका सिंह, सोफिया शाह, विकास कुमाल, अनुभव सुब्बा, डुआना लामा, तेञ्जिङ नाम्डोल ¥यान गुरुङ, एलेक्सन्डर शाह लगायत खेलाडीले यी विधाहरुमा रेकर्ड बनाउनुभएको छ । यस पटकको खेलबाट दक्षिण एशियाली खेलका लागि खेलाडी छनोट गरिनेछ ।





निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App