महिला शशक्तिकरण तालिम सम्पन्न
मंसिर १२
काठमाडौंं । महानगरको वडा १९ मा सामुदायिक स्वास्थ्यमा नेतृत्व विकास सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । वडा कार्यालय र अर्वन हेल्थ रिसोर्स सेन्टर नेपालको आयोजनामा सम्पन्न तालिममा स्थानीय १५ जना महिला तथा युवतीको सहभागिता थियो ।
महिलाहरुले आफ्नै स्वास्थ्य सुरक्षामा सचेत भए भने मात्र पनि आथिएक तथा पारिवारिक समस्यामा कमी आउने भएकोले यस प्रकारको तालिम सञ्चालन गरिएको हो । तालिमका विषयमा जानकारी दिँदै वडाध्यक्ष शशिलाल श्रेष्ठले भन्नुभयो — सानातिना समस्याले पनि कहिलेकाही जटिल अवस्था ल्याउन सक्छ । त्यसैले व्यक्तिगत र सामुहिक रुपमा स्वास्थ्य क्षेत्रका विषयमा कुरा गर्न जरुरी छ । यस प्रकारका तालिम वडा १९ बाट शुरु गरिएको बताउँदै रिसोर्स सेन्टरका कार्यकारी निर्देशक डा. बाबुराम गौत्तमले — महानगरबा सबे वडामा तालिम कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
आफू महिला स्वास्थ्य स्वयम्सेविका भएपछि समाजमा निस्कने र कुरा गर्ने तागत बढेको बताउँदै कार्यक्रम समापन अवसरमा वडा सदस्य रेणुकमल शाहीले, लाभदायी कार्यक्रम निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो । समापन अवसरमा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।