वि.सं.: २०८२, मंसिर २० शनिबार
इ.स.: 2025 December 6,SATURDAY
वि.सं.: २०८२, मंसिर २० शनिबार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको केन्द्रीय टिमले दोस्रो ‘प्रयागराज सिंह सुवाल स्मृति फुटसल प्रतियोगिता’को विजयी यात्रा सुरु गरेको छ । लैनचौर खेल मैदानमा भएको उद्घाटन खेलमा आज आयोजक वडा नं. २३ लाई टाइव्रकेरमा २-१ अन्तरले विजयी यात्रा सुरु गरेको हो । निर्धारित समयमा दुवै टिमको १-१ गोल भएको थियो । शुरुवात्मा अनुप मगरले केन्द्रलाई अग्रता दिलाएको थियो । यसपछि वडा नं. २३ का राजीव चित्रकारले गोल गरेर बराबरी बनाए । पेनाल्टी सुटआउटमा केन्द्रले प्रिक्वाटरफाइनलका लागि स्थान बनाएको हो । अनुप आजको खेलको म्यान अफ द म्याच घोषित भए ।
उद्घाटन खेलमा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले रेफ्रीलाई बल दिनुभएको थियो । खुला उमेर समूहका पुरुष खेलाडी बिच हुने खेलमा महानगरका हरेक वडाबाट एउटा/एउटा समूहले भाग लिनेछन् । नकआउटका आधारमा हुने खेल हरेक दिन विहान ८ बजेदेखि १२ बजेसम्म हुनेछ । खेल असोज ९ गतेसम्म चल्नेछ ।
आजको दोस्रो खेलमा वडा नं.९ ले वडा नं. २७ लाई २-० गोल अन्तरले पराजित ग¥यो । वडा नंं ९ का लागि दुवै गोल मिङ्मा लामा तामाङ्ले गरेका थिए । यसमा मिङ्मा नै म्यान अफ द म्याच घोषित भए ।
तेस्रो खेल वडा नं. ६ र ११ का बिचमा भएको थियो । यस खेलमा वडा नंं ६ ले ११ लाई ३-२ गोल अन्तरले पराजित गर्यो । वडा नं. ६ का लागि विपल्व लामा, दिपेश श्रेष्ठ र केशव भण्डारीले १/१ गोल गरेका थिए । वडा नं. ११ का लागि जनक कोइराला र रितेश महतोले गोल गरेका थिए । खेलमा वडा नं. ६ का केशव म्यान अफ द म्याच घोषित भए ।
खेल शुभारम्भ गर्दै उपप्रमुख डंगोलले, स्वास्थ्य र सकारात्मक सोचका लागि खेलको ठूलो भूमिका रहेको उल्लेख गर्नुभयो । ‘खेल जस्तै अनुशासन र स्वच्छ प्रतिस्पर्धा अन्य पेशाका लागि उदाहरण हो ।’ डंगोलले भन्नुभयो, ‘फुटसल संस्कृतिले युवाहरुलाई गलत काममा लाग्नबाट बचाएको छ ।’
प्रतियोगिताले खेलमार्फत युवाहरुलाई स्वस्थ्य रहन मद्दत गर्ने वडा २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले बताउनुभयो । उहाँकाअनुसार खेलका विजेता टीमलाई २ लाख रुपैयाँ, उपविजेतालाई टीमलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र गोलरक्षक १/१ जनालाई १० हजार रुपैयाँसहितको पुरस्कार दिइनेछ ।
यसप्रकारका खेलले वडाहरुको आपसी सम्बन्ध प्रगाढ बनाउने छ । शुभारम्भ अवसरमा वडा नंं २६ का अध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारीले, युवा लक्षित खेलका कार्यक्रम बढाउँदै लगिने बताउनुभयो । हामीले खेल मैदान बनाएर आफैँ प्रतियोगिता गराउन सक्ने भएका छौँ । यो खेलप्रति महानगरपालिकाको प्राथमिकताको उदाहरण हो । तिवारीको भनाइ थियो ।
प्रतियोगितामा ३२० युवाले प्रत्यक्ष प्रतिस्पर्धा गर्ने र ५ सय युवा कार्यक्रमका लागि परिचालित हुने अपेक्षा गरिएको छ ।

तस्विर : अमृत पाण्डे
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App
प्रतिक्रिया