वि.सं.: २०८२, मंसिर ८ सोमबार
इ.स.: 2025 November 24,MONDAY
वि.सं.: २०८२, मंसिर ८ सोमबार
अग्नि नियन्त्रकहरुबाट ७ हजार ५ सय लिटर पानी प्रयोग गरेर परीक्षण
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको विपद व्यवस्थापन विभागले पञ्चकुमारी मार्ग जनगोरेटोमा विछ्याइएको ड्राइराइजर प्रणालीको सफल परीक्षण गरेको छ । वडा नम्बर ३० मा पर्छ । प्रणाली परीक्षणका लागि खटिएका काठमाडौँ बारुण यन्त्र कार्यालयका अग्नि नियन्त्रक र महानगर प्रहरी बलबाट खटिएका जनशक्तिले ३ हजार लिटर र ३ हजार ५ सय लिटर पानी भण्डारण क्षमता भएका २ वटा दमकलको प्रयोग गरेका थिए । त्यस क्रममा जनप्रतिनिधि, विभागका अधिकारी र स्थानीयबासीले परीक्षणको अवलोकन गरेका थिए ।
महानगरपालिकाको केन्द्र, विपद व्यवस्थापन विभागबाट कार्यान्वयनमा आएको ड्राइराइजर विछ्याउने योजना अन्तर्गत वडा नम्बर २, ३, १४, १६, १९, २६ र ३० का विभिन्न गल्ली गरी १४ ठाउँमा ड्राइराइजर राखिसकिएको छ । १ करोड १७ लाख २ हजार ४५० रुपियाँ लागतमा राखिएको यो कार्यक्रमबाट महानगरपालिका भित्र २ हजार ८९६ मिटर लामो ड्राइराइजर प्रणाली स्थापना भएको छ । यसमा अधिकतम ५६० मिटर र न्यूनतम २५ मिटरसम्मको लम्बाइ रहेको छ । यो प्रणालीको परीक्षण जाँचका क्रममा आजबाट वडा नम्बर ३० बाट परीक्षण थालिएको हो ।
केन्द्रबाट जोडिएको प्रणालीसँगै वडाहरुले वडाकै बजेटबाट पनि प्रणाली जडान भएका छन् ।
भूमिगत फायर ड्राइराइजर, साँघुरा गल्ली जहाँ दमकल जान सक्दैनन् । त्यस्ता ठाउँमा सम्भावित आगलागी नियन्त्रण गर्न जडान गरिएको, पानी पुर्याउने प्रणाली हो । ड्राइराइजरको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ । यसपछिका ४५ मिटरदेखि ७५ मिटरसम्मको दुरीमा आउटलेट राखिएको हुन्छ । दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बिचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ । यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गरिन्छ ।
आगलागीका बेला मात्र पानी प्रवाह हुने ड्राइराइजर हो । यदि त्यसमा नियमित पानी बगिरहन्छ भने यसलाई वेटराइजर भनिन्छ ।
दमकलबाट ८ बारको प्रेसरमा पानी पठाउँदा ७ तले अग्लो भवनमा आगो निभाउन सकिने प्रेसरमा पानी पुग्न सक्छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App